सुनकोशी मरिन डाइभर्सनः कायापलट गर्ने परियोजना बन्न सक्छ !

गेली शेर्पा, काठमाडौँ, ३ कार्तिक । सुनकोशी मरिन डाइभर्सन प्रोजेक्टबाट नेपालले धेरै आर्थिक प्रगति गर्न सक्दछ । यो नदीलाई राम्रोसँग उपयोग गर्न सके नेपालले आर्थिक बिकासको मुहार बदल्न सक्दछ । सुनकोशी नदीले अन्य नदीजस्तै प्रसस्त संभावनाहरु बोकेरे बगेको छ । ती बिशाल संभावनाहरु हाम्रा तिष्ण आखाले राम्ररी देख्न जरुरी छ ।

सुनकोशी रिभर डाइभर्सन मल्टी प्रपोज प्रोजेक्ट बनाएमा लाखौ लाख जनताको जिवनस्तर माथी उकास्न, मध्यपूर्वी मधेसका पुरै जनजिवनमा आमुल आर्थिक क्रान्ति गर्न, देशको आर्थिक स्थिती बदल्न, कृषी क्षेत्रको उत्पादनमा कायापलट गर्न सक्छ । साथै देशकै सबैभन्दा राम्रो र ठूलो राजस्व प्रदायक परियोजना बनाउन सकिन्छ । नदी र खोलाहरुमा अपार शत्तिः हुन्छ । त्यस शक्तिलाई परिवर्तन गरि प्रयोग गर्न सके देशले ठूलो लाभ लिनुका साथै आफ्नो सौभाग्य बदल्न सक्दछ ।

नदीमा हामीले अत्याधुनिक आबिस्कारका प्रबिधिहरु, इनोभेटिभ टेक्नोलोजिहरु प्रयोग गर्न सके नदी शक्ति र श्रोतले आर्थिक बिकासमा ठूलो टेवा दिन्छ र यही सुनकोशी नदिमा पनि त्यस्ता धेरै संभावनाहरु छन । सुनकोशी रिभर मरिण डाइभर्सन प्रोजेक्टमा मैले देखका सपना र संभावनाहरु यो नदी तामाकोशी नदी र खिम्ती खोला एक आपसमा मिसिएर एका तिर बाट आएको छ भने अर्को तिर भोटेकोशी, सुनकोशी, इन्द्रावाती र लिखु आदी नदी र खोलाहरुबाट मिसिएर आएको छ ।

यो नदी नेपालका ठूला नदिहरुमध्ये एक हो । जुन सप्तकोशी नदीमा समाहित भएर बंगालको खाडिमा पुगेर समुन्द्रमा मिसिन्छ । यस्का मुहानहरु प्राय हिमालबाट बगेका हिम नदिहरु, मुहानहरुबाट उम्रेका खनिज पानी र आकासे बर्षातबाट बगेर आएको पानीबाट बनेको हो । यो नदि सुनकोशी र तामाकोशी मिसियर सेलेघाटबाट चाही सुनकोशी नदिको नामबाट परिचित छ जुन सप्तकोशिमा गएर समाहित हुन्छ । यो नदी एक पबित्र नदी पनि हो यस्का सिरानहरु प्राय देबदेबिका नामबाट सुरु भएर एक आमसमा मिसिदै बन्दै आएका छन ।

यस प्रोजेक्टबाट हजारौं मेघावाट जलबिद्युत उत्पादन गर्न सकिन्छ । खिम्ती खोलाको सिरान ठोसे खिम्ती जलासययुक्त जलबिद्युत आयोजना बाट त एक हाजार मेघावाट बिद्युत उत्पादन गर्ने अनुमान गरिएको छ भने यति ठूला दुई नदीको संगम स्थलमा उच्च रिजर्भ वायर ड्याम बनाउने हो भने यसबाट हजारौं मेघावाट बिद्युत सजिलै उत्पादन गर्न सकिन्छ ।

बाध बन्ने दुबै साइडका पहाडहरुमा बलियो चट्टानी भूभाग देखिन्छ भने बाध धेरै उच्च लेवलसम्म बनाउन कठिनाई हुँदैन र भबिस्यमा फुट्न सक्ने संभावनालाई अहिलेको बिकसित प्रबिधिले पुरै नियन्त्रन गर्न सक्दछ । यस आयोजना्बाट बिद्युत् उत्पादन गरेर झरेको ड्रप वटर अर्थात पानीलाई मध्य तराई नेपालका लाखौ लाख हेक्टर जमिनमा सिचाइ पुर्याउन सकिन्छ । यस्ले समग्र नेपालको कृषी उत्पादनमा नै गुणात्मक बृद्धि गर्न सक्ने संभावनाहरु छन ।

सिचाई बाहेकका बाकी पानी मधेसका जनताको घर घर र सहरहरुमा राम्रो खाने पानी पुर्याउन सजिलै सकिन्छ । मरुभूमिमय पहाडका कयौं मानिसहरुलाई र यो आयोजनाबाट बिस्थपित जनाताहरुलाई कुनै क्षेत्रमा अत्याधुनिक कृर्षिका निम्ती स्मार्ट सिटी अर्थात आधुनिक छरितो सहर वा ग्रमिण नगर बनाएर स्थानन्तरण गर्न सकिन्छ ।

यो नदी जमिनको खनिज पानी, हिमालको पानी र आकासबाट बर्षेको पानी भएकोले एसियाकै सबैभन्दा ठूलो र अत्याधुनिक प्रबिधिको स्प्रिङ्घ मिनरल वाटर फ्याक्ट्री निर्माण गर्न सकिन्छ । यसबाट प्रसोधित शुद्ध पिउने पानी नेपालको पुरै मधेस, भारतको बिहार, युपी र वेस्ट बंगाल, बंगलादेस, भुटान भारतका स्टार होटल र खाडिदेशहरुमा समेत पुर्याउन सकिने संभावनाहरु छन । बंगालको खाडिमा सामान लिन जाने रित्ता माल बहाक गाडिहरुले सस्तोमा तयारी प्रसोधित पानी धुवानी गर्न सक्ने संभावना समेत रहेको छ । हिमालको सिरदेखि बगेका पानी भनेर प्रचार गर्न सके यस्ता स्वस्थ बर्धक उपयोगी सुद्ध पानी पिउने प्रयोगकर्ता अवस्य बढ्न सक्छन ।

यो योजना हरेक संभावनाहरुलाई हेरेर बनाउन सक्यो भने जल यातायातको क्षेत्रमा नया प्रोजेक्ट बन्ने छ । यो योजनाले जति भाग ढाक्नेछ तेती नै दुरिमा जल यातायात संचालन गर्न सजिलै सकिन्छ । तामाकोशी र सुनकोशी दुबैतिर आधुनिक जलयातायातका साधन संचालन गर्न सकिने संभावना छ ।

नेपाल भूपरिबेष्ठित देश भएकाले यहाँ जल संम्बन्धी खेलहरु प्राय खेलिदैन तर यो योजना यस्ता मल्टी प्रपोज मोडलमा बनाउन सके वाटर एड्भान्चर गेमको स्पोर्ट स्थल बन्न सक्छ । काठमाण्डौ र मधेसको बीचमा पर्ने यो योजनामा वाटर स्पोर्ट गेम खेल्ने धेरै पाराखिहरुको गन्तब्य स्थल बन्न सक्छ ।

यो नदिमा चिसो पानी बगेर आउने भएकोले यस योजनाको ड्याम साइड देखि माथिल्लो भाग अर्थात अप स्ट्रिममा ठूलो माछा पालन ब्यवसाय संचालन गर्न सकिन्छ । यस्ता चिसो पानीमा टुना, ट्राउट, रेन्बो ट्राउट, असला आदी प्रजातिका माछा पालन गर्न सकिन्छ । जस्को अन्तराष्ट्रिय बजारमा समेत राम्रो मुल्यमा ठूलो माग भई नै रहन्छ भने यस ड्याममा धेरै किसिमका समुद्रि जलचर प्राणिहरुको इकोसिस्टम बिल्डअप गर्न पनि सकिन्छ ।

यदी यो नदिमा उच्च बाध निर्माण गरिएमा यस स्थानमा प्रसस्त पर्यटकहरु घुम्न र मनोरन्जन गर्न आउने छन । जस्को कारण नेपालको निम्ती एक ठूलो टुरिजम क्षेत्र बन्न सक्छ । यो आयोजना काठमाडाँैबाट र अब बन्ने आधुनिक सहर धुलिखेल, बनेपा, भकुण्डेबेसिहरुबाट नजिक पर्ने भएकोले यस सहरहरुका बैकल्पिक खाने पानीको श्रोत समेत भबिस्यमा बन्न सक्दछ । यस बाधका वरिपरिका भूभागलाई संसारकै सुन्दर दह र मनोरम दृष्य बनाउन वरिपरी सुन्दर फलफुल र बहुमुल्य रुखहरु रोप्न समेत सकिन्छ । जस्को कारण पर्यटको ओइरो लाग्न सक्छ ।

यसको बेडलोड फ्लसबाट नै अहिले भनेको जति जमिनमा सिचाई सजिलै पुर्याउन र बिद्युत उत्पादन गर्न पनि सकिन्छ । बेडलोड फ्लसबाट निस्किएको सेडिमेन्ट मलिलो हुने भएकोले यसबाट सिन्चित खेतको उत्पादनलाई पुरै आर्गानिक बनाउन र उत्पादन दोबर बनाउन समेत सकिन्छ । यस परियोजनाको केही किलोमिटर दुरिमा फेरी दुधकोशी नदी मिसिन्छ भने डाउन स्ट्रिममा केही फरक नपर्न सक्दछ ।

यो प्रोजेक्ट बहुउदेश्सीय मोडेलमा बन्यो भने सप्ताकोशी नदिले बर्षै पिच्छे गर्दै आएको नेपाल र भारत दुबै देशको अतुलनिय भौतिक र मानवीय क्षतिलाई पुरै कम गर्न सक्ने संभाना रहन्छ । यो प्रोजेक्ट बन्यो भने अहिलेको अभिसाप बरदानमा परिणत हुन सक्छ भने यो अति महत्वपुर्ण कुरा हुन सक्छ । बलियो उच्च बाध निर्माण गर्ने बितिकै बर्ष यामको पानीलाई पुरै रिजभ गरेर राख्न सकिन्छ ।

सिचाई, खानेपानी, मिनरल वाटर प्रसोधन, रिलिज फ्लो र बेडलोड फ्लस आदिमा जति पानी खपत हुन्छ बाकि समर सिजनको चारै महिनाको पानी हिउदका निम्ती सुरक्षण गरेर राख्न सकिन्छ यसले गर्दा सप्तकोशी नदिको बर्षातको पानीको बहाब धेरै नै कम हुन्छ । प्रत्येक बर्ष नदी कटानबाट हुँदै आएको क्षतिलाई पूरै कम गर्दा जनता र देशलाई कतिजती फइदा होला लेखाजोख गर्नै सकिन्न ।

यो नदिलाई सही तरिकाले मल्टी प्रपोज प्रोजेक्ट बनाउन सके नेपालले सोह्र किसिमका फाइदा लिन सक्ने मैले देखेको छु । एउटै पानीबाट यति धेरै फाइदा लिन सकिने यो कतिको सोचनिय बिषय होला हामी आफै बिचार गरौ भन्ने मेरो कोरा कल्पना हुन ।

नेपाललाई पानी बढी भएको खण्डमा भारतलाई पनि आवश्यक परे सिमानाका क्षेत्रहरुमा खानेपानी र सिचाइ जल बेच्न सक्ने संभावना समेत बिकल्पमा रहन्छ । यो योजनाका यस्ता धेरै फाइदाहरु छन भने यस्ता बहुआयामिक योजनामा जतिनै ठूलो लागानी भए पनि सजिलै लगानी जुट्न सक्छ किन भने बिजुलीबाट पैसा, सिंचाईबाट पैसा, खानेपानीबाट पैसा, मिनरल प्रसोधित पानीबाट पैसा, माछा पालनबाट पैसा, बेडलोड फ्लस बाट पैसा, जलायातायात बाट रोयल्टी पैसा हुने भएकाले लगानी सजिलै जुटन सक्ने संभावना छ ।

लगानीका संभाबित लागानिकर्ताहरु देशभित्र र बाहिर रहेका नेपाली, नेपाली बित्तीय सस्थाहरु बैंक, सहकारी, लगानी बोर्ड, संचयकोष, नागरिक लागनी कोष, बिमा सस्थानहरु, एनआरएनए, जिल्ला बासी र प्रभाबित क्षेत्रका आम नागरिकहरु, नेपाल सरकारका लगानी निकाय, अन्तराष्ट्रिय लगानी कर्ता आदि तछाड मछाड गरि आउन सक्छन । यो योजनाका प्रत्येक थोपा पानी तेल भन्दा मुल्वान बन्न सक्छ ।

यो योजना बनाउदा आयोजना प्रभाबित क्षेत्रका जनतालाई सजिलै मधेसमा स्मार्ट सिटी बनाएर सार्न सकिन्छ । धेरै उर्भर जमिन, ठूला सहर बजार, विशेष संरचनाहरु डुवान हुने ठाउँ छैन । पहाडको दुवैतिर कडा चट्टानी भाग भएकोले जोखिम नहुन सक्छ । बाधभन्दा माथिल्लो भाग धेरै सम्मठाउ नभएकोले खास धेरै जमिन डुवान नै हुँदैन । यस योजनाका धेरै बिषेताहरु छन र योजना बन्न तुलनात्मक रुपमा अति कम खर्चमा बन्न सक्दछ ।

यो योजना बनाउदा चाहिने गिटी, रोडा ढुङ्घा र वालुवा त सितैमा जस्तो पाइन्छ । यातायात बिद्युत लागाएत सबै भौतिक पुर्वाधार बिकास भई सकेको योजना छ । योजना बन्दाखेरी हरेक किसिमका ढुवानी सस्तो मूल्यामा सजिलै गर्न सकिन्छ । बिद्युत प्रसारण लाइन पनि बनिनै सकेको छ । यो आयोजनाका धरै संभावनाहरु भएकोले मेरो बिचारमा सरकारबाट नियुक्त गरिएको एक अन्तराष्ट्रिय स्वतन्त्र विज्ञ र योजनाकारको टिमले बनाउन सके धेरै राम्रो आउटपुट निस्कन सक्छ ।

बुँदागत रुपमा यस आयोजनाका फाइदाहरुः

१) बर्दिबासतिर टनेल फर्काएर बाध निर्माण, टर्वाइन घुमाएर झर्ने बितिकै पानी मधेसको खेतमा

२) मधेसको गाउँ र सहरहरुमा स्वच्छ खानेपानी चुलाचुलामा

३) बाँकी पानी प्रसोधन गरी औद्योगिक स्प्रिङ्घ मिनरल वाटर कयौ देशमा समेत निर्यात

४) नेपाललाई बढी भएको पानी भारतका बिहार लगाएतमा सिचाइ र खानेपानीको निम्ती बेच्न सकिने संभावना

५) समुन्द्रमा चल्ने यातायात संचालन

६) चिसो पानीमा बहुमुल्य प्रजातिका माछा पालन

७) नेपालको खेल क्षेत्रमा वाटर स्पोर्ट जोनको नयाँ सुरुवात

८) सप्तकोशीले वर्षेनी पुर्याउँदै आएको नेपाल र भारतको भौतिक क्षति न्युनिकरण

९) डाउन स्ट्रिम साइडमा सेडिमेन्ट बेडलोड फ्लसबाट नै हाल बन्न लागेको सिचाई र बिद्युत परियोजनालाई पानी निकास गर्न सकिने

१०) नेपालको राजधानी काठमाडौँबाट नजिक र मधेस र पहाडको बिचमा यति ठूलो पाउण्डीङ बनेमा पर्याटन बिकासमा काषेढुङ्गा

११) वर्षाको पानी जम्मा गरेर हिउद भरी बहुमुल्यमा उपयोग गरिने र पिक समयमा उपयोग गरिने अति उत्तम परियोजना

१२) भौतिक पुर्वधार बिकास पुरै बनिसकेको अत्यन्तै सुगम परियोजना

१३) कृषी उत्पादनमा गुणात्मक वृद्धि र अत्याधुनिक कृषी युगको सुरुवात

१४) लाखौलाख नेपालीका लागी दिर्घकालिन रोजगारी

१६) सरकारको ऐतिहासिक कदम भनेर जनताबाट भब्य तारिफ र समर्थन

१७) अहिले कल्पना गरिएको सुनकोशी १,२ र ३ भनिएका र गनिएका यि झन्झटिला प्रकृयाका योजनाहरुबाट मुक्त भई यि सबै परियोजनाबाट हुने फइदा भन्दा एकै परियोजनाले दिने फाइदा धेरै र चाडै हुन सक्ने संभावनाहरु ।

१८) बहुत नाफा मुलक योजना भएकोले जति नै ठुलो लगानी भए पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट सजिलै लागानी जुटाउन सकिने संभावना र नेपालको अन्तराष्ट्रिय क्षेत्रमा चर्चा र गौरब साथै आर्थिक क्रान्तियुगको सुरुवात हुन सक्ने संभावना

१९) मधेसका डुबानमा परेका लाखौ बिगाहा जमिन बगरबाट कृषी भूमिमा रुपान्तरण

२०) नेपालको सबैभन्दा ठूलो राजगार प्रदायक परियोजना

२१) नेपाल र भारत दुबै देशलाई फाइदा हुने परियोजना

(लेखक शेर्पा खोज तथा अनुसन्धानकर्ता हुन् । जलविद्युत, पर्यटन लगायतका विषयमा दख्खल राख्ने शेर्पा रामेछापबासी हुन्)

३ कार्तिक २०७६, आईतवार १५:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..

आलमले जलाएका भनिएका व्यक्ति विदेशमा रहेको भन्दै निवेदन

रौतहट, २२ कार्तिक । नेपाली कांग्रेका सांसद मोहम्मद अफताब आलमले इटा भट्टामा जलाएर मारेका भनिएका व्यक्ति बैदेशीक..