पाँडे र जिग्री विरुद्ध मिडिया हबले दियो उजुरी

काठमाडौँ, ३ कार्तिक । नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले उजुरी दिएको छ । उनीहरु विरुद्ध कपिराइटको उजुरी परेपछि प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको छ ।

अर्जुन घिमिरेले मिडिया हबले यसअघिका आफ्ना कलाकार (चरित्र)को नक्कल गरेको भनेर कपिराइटको उजुरी हालेको र आफूहरुलाई यसविषयमा छलफल गर्न प्रहरीले बोलाएको बताएका छन् ।

मिडिया हबका प्रमुख सोम धितालले भने आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का क्यारेक्टर अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेका कारण उजुरी दिएको बताए । ‘जिग्री, पाँडे, बले कक्रोच जस्ता दर्जनौं क्यारेक्टरहरु मिडिया हबका उत्पादन हुन’, उनले भने, ‘तिनीहरुलाई स्थापित गराउन हाम्रो लगानी परेको छ, त्यस हिसाबमा ती क्यारेक्टरमा स्वभावैले हाम्रो हक लाग्छ ।’

३ कार्तिक २०७६, आईतवार १३:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी गतिविधि बढेपछि भारत..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..

आलमले जलाएका भनिएका व्यक्ति विदेशमा रहेको भन्दै निवेदन

रौतहट, २२ कार्तिक । नेपाली कांग्रेका सांसद मोहम्मद अफताब आलमले इटा भट्टामा जलाएर मारेका भनिएका व्यक्ति बैदेशीक..

नक्साबारे बोल्यो भारत, ‘नेपाली भूमी चलाएका छैनौँ’

दिल्ली, २१ कार्तिक । भारतले आफ्नो नक्सामा नेपाली भूमी परेको नेपालको दाबी अस्वीकार गरेको छ । भारतले जारी भएको नयाँ..