एनआरएनएको ‘नेपालमा विदा मनाऔं’ अभियान

निरोज कुमार थापा, काठमाडौँ, ३ कार्तिक । ‘नेपाल भ्रमण वर्ष २०२०’ को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच विदेशी पर्यटक नेपाल भित्र्याउने विषयमा सम्झौता भएको छ । समझदारी अनुसार अब प्रत्येक गैरआवासीय नेपालीले आफ्नो एक जना विदेशी साथी नेपाल घुम्न पठाउनु पर्नेछ ।

सचिवालयका संयोजक सुरज वैद्य र एनआरएनएका नवनिर्वाचित अध्यक्ष अध्यक्ष कुमार पन्तबीच विश्वभरी छरिएर रहेका हरेक नेपालीले एक जना विदेशी साथी नेपाल भ्रमणमा पठाउने र त्यसको रेकर्ड दुवै पक्षले राख्ने समझदारी भएको हो । भ्रमण वर्षको उदघाटन आगामी जनवरी १ मा काठमाडौंमा हुने छ ।

भ्रमण वर्ष अवधिभर एनआरएनएले आफ्ना सेमिनार, गोष्ठी लगायतका कार्यक्रम नेपालमै गर्ने भएको छ । एनआरएनएले हरेक गैरआवासीय नेपालीहरुलाई सन् २०२० मा ‘स्पेन्ड होलिडे ईन नेपाल विथ फेमिली एण्ड फ्रेन्डस्’ (परिवार र साथीहरुसँग नेपालमा विदा मनाऔं) अभियान पनि सञ्चालन गर्ने छ ।

३ कार्तिक २०७६, आईतवार १२:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीको प्रश्न, ‘सडकका खाल्डाको सारङ्गी कति सुन्ने ?’

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकका खाल्डा पुर्न ४ महिनाको समय दिएका छन् । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो..

मूल्यवृद्धि नियन्त्रण बाहिर, फेरि चुक्यो सरकार

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । मूल्य वृद्धि चुलिँदै गएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमास सकिँदा मुल्य..

गोकर्ण विष्ट पदमुक्त भएको खुशीयालीमा म्यानपावर व्यवसायीको पार्टी

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । श्रम तथा रोजगारमन्त्रीबाट गोकर्ण विष्ट बर्खास्त भएपछि म्यानपावर..

ओलीको कमालः महिला मन्त्रालयको जिम्मेवारी पुरुष सांसदलाई !

काठमाडौँ, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दै दोलखाका सांसद..

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको..