श्रमिक कल्याणकारी कोषलाई १ करोड ६ लाख राहत दिने ‘एनआरएनए’को घोषणा

काठमाडौँ, ३ कार्तिक । गैरआवासीय नेपाली संघको नवनिर्वाचित अन्तराष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले श्रमिक कल्याणकारी कोषका लागि १ करोड ६ लाख रुपैयाँ राहत रकम दिने निर्णय गरेको छ । यो कोष मध्यपूर्वी मुलुकमा रहेका नेपालीका लागि स्थापना गरिएको हो । संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तको प्रस्तावमा अन्य पदाधिकारी एवं सदस्यहरु सहमत भएका हुन् ।

बैठकले १९ वटा एजेन्डामाथि छलफल गरेको थियो ।

बैठकले सरकारले अघि सारेको ‘भिजिट नेपाल २०२०’ मा सहकार्य गर्न निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ । यस्तै पुर्वाधार विकासका लागि १० अर्बको लगानी भित्र्याउने अभियान अगाडी बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति बनाई १ महिनाभित्र कार्ययोजना प्रस्तुत गर्ने निर्णय भएको छ ।

विद्युतीय प्रणालीबाट प्रत्यक्ष मतदान गर्न र निशुल्क सदस्यता बारे अध्ययन प्रतिवेदन पेश गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा समिति बनाईएको छ । महासचिव डा. हेमराज शर्माको संयोजकत्वमा विशेष महाधिवेशन बोलाउने तयारी गर्ने निर्णय भएको छ ।

बैठकले संघको काठमाडौस्थित सचिवालयलाई चुस्त बनाउन महासचिव डा. शर्माको नेतृत्वमा एक समिति बनाएको छ । संस्थाको आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा समिति बनाउने निर्णय समेत भएको एनआरएनले जनाएको छ ।

संरक्षक समिति

बैठकले संघको संरक्षक परिषद् समेत बनाएको छ । उपस्थित सम्पूर्ण पदाधिकारी र सदस्यको सहमतिमा प्रमुख संरक्षकमा शेष घले चयन भएका छन् । संरक्षक समितिको सदस्यहरुमा डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्वसंरक्षक रामप्रताप थापा चुनिएका छन् ।

सल्लाहकार समिति

बैठकले संघको ११ सदस्यीय सल्लाकार समितिमा समेत गठन गरेको छ । समितिमा निवर्तमान उपाध्यक्ष कुलआचार्य (युके), सपिला राजभण्डारी (रसिया),रामेश्वर शाह (नेपाल), टीबी कार्की (कतार), सोम सापकोटा (माल्टा), त्रिलोक गुरुङ (हङ्कङ), विश्व आदर्श पण्डित (युके(, पुष्प तिमल्सिना (स्पेन), जमुना गुरुङ (अष्ट्रेलिया), एसी शेर्पा (अमेरिका) र हरिबोल भट्टराई (अमेरिका) रहेका छन् ।

३ कार्तिक २०७६, आईतवार ०९:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

भ्रमण वर्ष मनाउन यी कुराहरु सुधार्नु पर्छ

निरोज कुमार थापा, काठमाडौँ, १ मंसिर । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदीले २० लाख पर्यटक भित्र्याउन..

आलमलाई किन नख्खु जेलमा ल्याईयो ?

ललितपुर, १ मंसिर । रौतहट जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि नेपाली काँग्रेसका निलम्बित..

सीमा सुरक्षाबारे सर्वोच्चले माग्यो लिखित जवाफ

रासस, २९ कार्तिक । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा कारण देखाउ आदेश जारी गरेको छ ।..

पार्टीको जिम्मा प्रचण्डलाई, सरकारको जिम्मा पोखरेललाई

काठमाडौँ, २९ कार्तिक । दुई अध्यक्ष सहित चल्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका विभिन्न बैठक र निर्णयको..

नेपाल भारत सीमा विवादमा चीनको चासो

काठमाडौँ, २८ कार्तिक । भारतको नयाँ नक्सामा नेपाली भूमि परेको विषयमा नेपालले आपत्ति जनाएपछि उत्तरी छिमेकी देश..