मालोर्कासँग हार्‍यो रियल मड्रिड

एजेन्सी, ३ कार्तिक । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले पहिलो हार ब्यहोरेको छ । शनिबार राति भएको खेलमा स्टार खेलाडीद्वय ग्यारेथ बेल र इडेन हजार्डविना मैदान उत्रेको रियल मालोर्कासँग १–० गोलले पराजित भएको हो ।

घरेलु मैदानमा मलोर्कालाई जिताउन लागो जुनियरले गोल गरे । जुनियरले सातौं मिनेटमा गरेको गोन नै निर्णायक बन्यो ।

पहिलो हाफमा गोल फर्काउन नसकेको रियल दोस्रो हाफमा १० खेलाडीमा समेटिएको थियो । ७४औं मिनेटमा अल्भेरो ओर्डियोजोला दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए । सिजनको हारसँगै रियल दोस्रो स्थानमा छ । रियलले नौ खेलबाट १८ अंक बनाएको छ । मालोर्का १० अंक सहित १४औं स्थानमा छ । शीर्ष स्थानका रहेको बार्सिलोनाको १९ अंक छ ।

अर्को खेलमा एट्लेटिको म्याड्रिड र भ्यालेन्सियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै १६ अंक बनाएको एट्लेटिको चौथो स्थानमा छ । १३ अंक बनाएको भ्यालेन्सिया सातौ स्थानमा छ । तेस्रो स्थानमा रहेको ग्रानडाको १७ अंक छ ।

अर्को खेलमा गेटाफेले लेगानेसलाई २–० गोलले पराजित गरेको छ । जितसँगै १३ अंक बनाएको गेटाफे छैटौं स्थानमा उक्लिएको छ । दुई अंक बनाएको लेगानेस अंक तालिकाको पुछारमा छ ।

३ कार्तिक २०७६, आईतवार ०९:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..

आलमले जलाएका भनिएका व्यक्ति विदेशमा रहेको भन्दै निवेदन

रौतहट, २२ कार्तिक । नेपाली कांग्रेका सांसद मोहम्मद अफताब आलमले इटा भट्टामा जलाएर मारेका भनिएका व्यक्ति बैदेशीक..