गोङ्गबुमा अत्याधुनिक सिनेमा हल सञ्चालनमा

काठमाडौँ, ३ कार्तिक । काठमाडौँको गोङ्गबुमा अत्याधुनिक सुविधासम्पन्न सिनेमा हल ‘आईएनआई’ सञ्चालनमा आएको छ । आईएनआई सिनेमा हलले आधुनिकता समायोजन गरी दर्शकहरुको मन जित्ने प्रयास गरेको छ । यसमा अरुको तुलनामा ठूलो स्क्रीन र आकर्षक पिक्चर क्वालिटी रहेको छ भने विलासितापूर्ण आरामदायी सीटको व्यवस्था छ ।

कर्माचार्य कम्प्लेक्स भित्र रहेको आईएनआई सिनेमा हलमा दुईवटा राम्रा दर्शकदीर्घा छन्, जहाँ एकैपल्ट दुईवटा सिनेमा देखाउन सकिन्छ । दुईवटा दर्शकदीर्घा (अडिटोरियम) मध्ये पहिलोमा १८१ सीट र दोस्रोमा १५४ सीट गरी जम्मा ३३५ सीट छन् ।

आईएनआईको विशेषता भनेको नेपालमा पहिलोपल्ट जी.डी.सी. सर्वर प्रविधि प्रयोग गरिएको छ, जसले गुणस्तरीय प्रदर्शन गर्ने क्षमता राख्दछ । कलात्मक नमूनामा निर्माण गरिएका यी प्रदर्शनदीर्घामा ब्राङ्को २० सी र डी ३ डी प्रविधि प्रयोग गरिएकोले दर्शकलाई पूर्ण मनोरञ्जन प्राप्त हुनेछ ।

हललाई सम्भावित खतराबाट जोगाई पूर्ण सुरक्षित प्रविधिमा बनाइएको छ र दर्शकहरुका लागि हलभित्र नै विभिन्न प्रकारका धेरैथरि खानेकुराको व्यवस्था गरिएको छ । व्यवस्थापनले आफ्ना दर्शकहरुले यी हलहरुबाट पूर्ण मनोरञ्जन पाउने र नयाँ अनुभव पाउने विश्वास लिएको छ ।

३ कार्तिक २०७६, आईतवार ०९:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव नेतृत्वको संसदीय विशेष..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..

सभामुखको उम्मेद्वारमा असन्तुष्टि जनाउँदै राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

काठमाडौँ, १० माघ । अग्नि सापकोटालाई नेकपाले सभामुखको उम्मेद्वार बनाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीका..

पर्यटन बोर्डको सिइओ र एनएसीको अध्यक्ष तत्काल नियुक्त गर्न मन्त्री भट्टराईको ध्यानाकर्षण

निरोज कुमार थापा, काठमाडौँ, १० माघ । निजी क्षेत्रका व्यवसायीक संघ संगठनहरुले संस्कृति, पर्यटन तथा नागरिक..