उप निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ, १ कार्तिक । निर्वाचन आयोगले आगामी मंसिर १४ गते उप निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त ५२ पदका लागि हुने उप निर्वाचनका लागि आयोगले आज निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

उप निर्वाचनमा १ जना प्रतिनिधि सभा सदस्य, ३ जना प्रदेश सभा सदस्य र ४८ स्थानीय तहका जनप्रतिनिधिको लागि चुनाव हुँदैछ ।

आयोगका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ कास्की २ र प्रदेश सभा सदस्यतर्फ भक्तपुर १ ‘क’ वाग्लुङ्ग २ ‘ख’ र दाङ ३ ‘ख’ मा रिक्त जनप्रतिनिधिका लागि २१ कात्तिकमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ ।

आयोगले उम्मेदवारको विरोधमा उजुरी दिन २२ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । २३ गते बिहान ११ बजेदेखि दिउसो साढे एक बजेसम्म मनोनयनपत्र दर्ता र उजुरीमाथि जाँचबुझ तथा ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्न गरिनेछ ।

२४ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

२५ कात्तिकमा ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समयतालिका आयोगले तय गरेको छ ।

स्थानीय तहतर्फ रिक्त ४८ पदमा भने २७ कात्तिकमा उम्मेदवारले मनोनयन पत्र दर्ता गर्नेछन् । ३० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, १ मंसिरमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र १४ मंसिर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय आयोगले निर्धारण गरेको छ ।

१ कार्तिक २०७६, शुक्रबार १७:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..