सर्फराज अहमेद पाकिस्तानको क्रिकेट कप्तानबाट हटाईए

एजेन्सी, १ कार्तिक । सर्फराज अहमेद पाकिस्तानको टेस्ट र टी–२० क्रिकेट टिमको कप्तानबाट बर्खास्त भएका छन् । उनलाई पाकिस्तान क्रिकेट बोर्डले शुक्रबार कप्तानबाट हटाएको हो ।

विकेटकिपर ब्याट्सम्यान सर्फराज दुवै टिममा पर्न समेत असफल भएका छन् । उनी अस्ट्रेलिया भ्रमणअघि बर्खास्तगीमा परेका हुन् । पाकिस्तानले अस्ट्रेलियामा तीन टी–२० र २ टेस्ट खेल्दैछ ।

सर्फराजको स्थानमा अब टप अर्डरका ब्याट्सम्यान अजर अलीले टेस्ट टिमको कप्तानी गर्नेछन् । यस्तै अर्का ब्याट्सम्यान बाबर अजामले पाकिस्तानको टी–२० टिमको कप्तानी सम्हाल्नेछन् ।

सर्फराजको कप्तानीमा पाकिस्तानले ३७ टी–२० खेलमा २९ खेल जितेको थियो । यस्तै १३ टेस्टमा ४ जित हात पार्दा ८ खेलमा पराजित भएएको थियो । सार्फराजले पाकिस्तानलाई सन् २०१७ को च्याम्पियन ट्रफी जिताएका थिए । तीन महिनाअघिको एकदिवसीय विश्वकपमा पाकिस्तान लिग चरणबाट बाहिरिएको थियो ।

१ कार्तिक २०७६, शुक्रबार १६:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

असार १ बाट पठनपाठन सूचारु गर्न आह्वान

काठमाडौँ, १८ जेठ । आगामी असार १ गतेदेखि विद्यालयमा पठनपाठन सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १..

कोरोनाका कारण नेपाल बाहिर १२१ नेपालीको मृत्यु, १४ हजार बढी संक्रमित

लण्डन, १८ जेठ । कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ ।..

कोरोना संक्रमितको संख्या १४ सय नाघ्यो

काठमाडौँ, १७ जेठ । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या १४ सय नाघेको छ । शनिबार विभिन्न जिल्लाका थप १८९ जनामा..

संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने काँग्रेसको निर्णय

काठमाडौँ, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय..

एमसीसी अनुमोदनअघि बाँकी काम रोक्ने नेकपा सचिवालय बैठकको निश्कर्ष

काठमाडौँ, १७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट..