एनआरएनए अध्यक्ष पन्तको उद्घोष, ‘राजनीति गर्न खोजियो, अबदेखी नेपालमा सम्मेलन गर्दैनौँ’

काठमाडौँ, १ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले संस्थामा अनावश्यक राजनीति भएको गुनासो गरेका छन् । आगामी विश्व सम्मेलनमा नेपालमा नगर्ने उद्घोष गर्दै उनले होटलका कोठा–कोठामा विभिन्न पार्टीका नेताहरु आएर संस्थालाई राजनीतिकरण गर्न खोजिएको दुखेसो गरे ।

संघको नवौं सम्मेलनबाट प्रत्यासी कुल आचार्यलाई १४७ मतान्तरले पराजित गरी शुक्रबार बिजयी भएपछि अध्यक्ष पन्तले भने, ‘संस्थामा अनावश्यक राजनीतिकरण गर्न खोजियो । सम्मेलनका बेला होटलका कोठा–कोठामा नेताहरू ल्याएर छलफल पनि भए । हामी संस्थालाई राजनीतिकरण गर्न चाहदैनौँ ।’
विजयी पश्चात पत्रकारसँग कुरा गर्दै उनले भने ‘अबदेखि नेपालमा अधिवेशन गर्दैनौं, अनलाइन भोटिङ गर्छौं, एनआरएनएका प्रतिनिधिले होइन साधारण सदस्यहरूले नै भोट गर्न पाउने व्यवस्था मिलाउँछौं ।’

१ कार्तिक २०७६, शुक्रबार १५:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको सत्तारुढ दल नेपाल..

सिन्धुपाल्चोकमा बाढीः २ जनाको मृत्यु, १८ जना बेपत्ता

रासस, सिन्धुपाल्चोक, २५ असार । अविरल वर्षासँगै गएको पहिरोले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि(दोश्रो श्रृङ्खला)

पितृसत्तात्मक पुरुष प्रधान समाजमा पुरुष हिंसा पनि हुन सक्छ भन्ने कुरा सोच्नु नै अनौठो लाग्न सक्छ। नेपाल जस्तो..

मन्त्री भट्टराईको प्रश्न, ‘विग्रह ल्याउन खोज्ने भारत ठीक कि मिलाउन खोज्ने चीन ?’

काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानमा चिनियाँ राजदूत..

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका..