एनआरएनएको मतदान सकियो, २३ सय बढी मत खस्यो, कुमार पन्त विजयी हुने अनुमान

काठमाडौँ, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा मतदान प्रक्रिया सकिएको छ । आज भएको मतदानमा कुल २ हजार ३५९ मत खसेको छ ।

संघको भावी अध्यक्षका लागि कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा छन् । निर्वाचनमा ४२ पदका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । करिब १ घण्टापछि नै मतगणना शुरु हुने बताईएको छ ।

मतदाताको उत्साह र चुनावी माहोल अनुसार कुमार पन्तले विजयी हाँसिल गर्ने प्रारम्भिक आकलन गरिएको छ ।

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने नाराकासाथ मङ्गलबारदेखि सुरु भएको संघको नवौँ विश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

३० आश्विन २०७६, बिहीबार १८:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..