एनआरएनए चुनावमा विवाद, सम्मेलन नै बहिष्कार गर्ने आचार्य समूहको चेतावनी

काठमाडौँ, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतदानमा फर्जी मत खसेको भन्दै विवाद भएको छ । केही प्रतिनिधि र उम्मेद्वारले समेत फर्जी मत खसेको भन्दै विरोध गरेपछि विवाद सुरु भएको हो ।

उम्मेदवार र प्रतिनिधिहरुले नक्कली परिचयपत्रधारीले मतदान गरिएको भन्दै केही मतदान स्थलमा प्रदर्शन गरिरहेका छन् । अध्यक्षका प्रत्यासी कुल आचार्यको समूहले स्वच्छ र निष्पक्ष मतदानको ग्यारेन्टी नभए सम्मेलन नै बहिष्कार गर्ने चेतावनी समेत दिएको छ ।

अहिले भोटिङ मेसिनको सट्टा मतपत्र प्रयोग गरी मतदान जारी छ । गएराति विद्युतीय भोटिङ मेसिनबाट मतदान सुरु भएलगत्तै प्राविधिक समस्या आएको भन्दै मतदान स्थगित गरिएको थियो ।

३० आश्विन २०७६, बिहीबार १२:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

उपसभामुखको दौडमा काँग्रेस र राजपा, कसको सम्भावना बलियो ?

निरोज कुमार थापा, काठमाडौँ, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्नि सापकोटा सभामुखका एक्ला उम्मेद्वार बनेसँगै..

फेरि ढाँटिए उखु किसान, सय करोड बक्यौतामा ८ करोड दिईयो

काठमाडौँ, ७ माघ । उखु किसानको बाँकी पैसा दिलाइदिन्छु भनेर सरकारले लिएको समय आज सकिएको छ । माघ ७ गतेसम्म सबै पौसा..

पर्यटन क्षेत्रमा वैदेशीक लगानी बढ्यो

निरोज कुमार थापा, काठमाडौँ, ७ माघ । चालु आर्थिक वर्ष २०७६÷०७७ मा पर्यटन क्षेत्रमा विदेशी ह्वात्तै लगानी बढेको छ ।..

दामनमा ८ जना भारतीय पर्यटकको मृत्यु

काठमाडौँ, ७ माघ । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु..

मूल्य वृद्धि रोक्ने राष्ट्र बैंकको लक्ष्य ‘फेल’

निरोज कुमार थापा, काठमाडौँ, ६ माघ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक..