नेकपा सचिवालय बैठक सकियो, के के गर्‍यो निर्णय ?

काठमाडौँ, २९ असोज । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक सकिएको छ । नयाँ सभामुख कसलाई बनाउने, मन्त्रिमण्डल हेरफेर प्रक्रिया र उपनिर्वाचनबारे छलफल गर्न बसेको बैठक सकिएको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले पार्टीको संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई सदस्यका रुपमा थप गर्ने निर्णय गरेको छ । यसअघि संगठन विभागको प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा मात्र थिए । तीन सदस्य थपिएसँगै नेकपाको संगठन विभाग ५ सदस्यीय बनेको छ । यो विभागले अझै पूर्णता भने पाएको छैन ।

बैठकले आगामी मंसिर १४ मा हुने प्रनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि कात्तिक १० गतेभित्र उम्मेदवारको नाम सिफारिस गरी पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका विषयमा सम्बन्धित निर्वाचन क्षेत्रस्तरको कमिटी र जिल्ला कमिटीसँग छलफल गरी ३ जनाको नाम कात्तिक १० गतेभित्र पठाउन प्रदेश कमिटीलाई निर्देशन दिइएको नेकपाले जनाएको छ ।

नगरपालिकाको मेयर÷उपमेयर तथा गाउँपालिकाहरूको अध्यक्ष÷उपाध्यक्षको उम्मेदवार भने सम्बन्धित गाउँ वा नगर कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ ।

मन्त्री हेरफेर र नयाँ सभामुखमा कसलाई अघि सार्ने भन्ने विषयमा बैठकमा छलफल भएको भनिएपनि निर्णय भने सार्वजनिक गरिएको छैन ।

२९ आश्विन २०७६, बुधबार ११:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

भ्रमण वर्ष मनाउन यी कुराहरु सुधार्नु पर्छ

निरोज कुमार थापा, काठमाडौँ, १ मंसिर । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदीले २० लाख पर्यटक भित्र्याउन..

आलमलाई किन नख्खु जेलमा ल्याईयो ?

ललितपुर, १ मंसिर । रौतहट जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि नेपाली काँग्रेसका निलम्बित..

सीमा सुरक्षाबारे सर्वोच्चले माग्यो लिखित जवाफ

रासस, २९ कार्तिक । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा कारण देखाउ आदेश जारी गरेको छ ।..

पार्टीको जिम्मा प्रचण्डलाई, सरकारको जिम्मा पोखरेललाई

काठमाडौँ, २९ कार्तिक । दुई अध्यक्ष सहित चल्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका विभिन्न बैठक र निर्णयको..

नेपाल भारत सीमा विवादमा चीनको चासो

काठमाडौँ, २८ कार्तिक । भारतको नयाँ नक्सामा नेपाली भूमि परेको विषयमा नेपालले आपत्ति जनाएपछि उत्तरी छिमेकी देश..