एनआरएनएमा पन्त भर्सेज आचार्य, कुन देशमा कति मतदाता ?

निरोज कुमार थापा, काठमाडौँ, २९ असोज । गैर–आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आज मतदात हुँदैछ । नवौं अन्तराष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वका लागि ४२ पदाधिकारी चयनमा निर्वाचन हुन लागेको हो ।

संघ ८० भन्दा बढी मुलुकमा फैलिएको दाबी गरिएको छ । करिब २६ सय प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदान गर्दैछन् । निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली पनि आजै प्रकाशित गर्ने जनाएको छ ।

आज साँझ ५ बजे देखि राति १० सम्म प्रतिनिधिहरुले विद्युतीय मतदान गर्नेछन् । मतदान सम्पन्न भएको एक घण्टाभित्रमा नै मतगणना सुरु हुनेछ । विद्युतीय मतदान भएकाले आज नै सम्पूर्ण नजिता आइपुग्ने छ । संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य प्यानलसहित चुनावी मैदानमा छन् ।

संघमा राजनीतिक ध्रुवीकरण हावी भएको भन्दै संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सम्मेलनको उदघाटन कार्यक्रम नै बहिस्कार गरेका छन् ।

पन्त समुहः

दुई पटक संघको उपाध्यक्ष बनेका जर्मनी निवासी कुमार पन्त यसपटक अध्यक्षको दाबेदार हुन् । पन्त समूहलाई नेकपा निकट भनिएपनि उनको समूहका केही उम्मेदवारहरु प्रजातान्त्रिक विचार र स्वतन्त्ररुपमा चिनिएका समेत छन् ।

पन्त समूहबाट ५ उपाध्यक्षमा डा. बद्री केसी (रसिया), हिक्मत थापा (अफ्रिका), सोनाम लामा (अमेरिका), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) र धर्मराज अधिकारी (अष्ट्रेलिया) छन् । महिला उपाध्यक्षमा रसिया निवासी सपिलाराज भण्डारीले उम्मेदवारी दिएकी छिन् ।

महासचिवमा बेलायत निवासी प्राध्यापक डा. हेमराज शर्मा पक्का भएको छ । सचिवमा शिवकुमार बरुवाल (बेल्जियम) र मध्यपूर्वका राजेन्द्र कुमार शर्मा (आरके) मध्ये एकलाई उतार्ने प्रयास भइरहेको बताईएको छ ।

एनआरएनए विधानअनुसार २ जना सचिवमा निर्वाचित हुनेछन् ।

पन्त समूहबाट कोषाध्यक्षमा जापानका महेशकुमार श्रेष्ठले उमेद्वारी घोषणा गरेका छन् । सह–कोषाध्यक्षमा लोकप्रसाद दाहाल (बेल्जियम), गोबिन्दप्रसाद गौतम (रसिया) र एसी शेर्पा (अमेरिका) ले दाबी गरेका छन् ।

आचार्य समूहः

बेलायत निवासी कुल आचार्य आफ्नो टिमसहित चुनावी मैदानमा उत्रिएका छन् । प्रजातान्त्रिक विचारधारका आचार्यको समूहलाई कांग्रेस निकटका रुपमा हेरिएको छ ।

आचार्यको समूहबाट पाँच उपाध्यक्षमा डा. केशव पौडेल (अमेरिका), मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व) र रबिना थापा (अमेरिका)लाई अगाडि सारिएको छ ।

आचार्य समूहबाट महासचिवमा बेल्जियम निवासी जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटाले उम्मेदवारी दिने भएका छन् ।

कति मतदाता ?

एनआरएनए सचिवालयले दिएको जानकारी अनुसार ८१ देशमा एनआरएन फैलिएको भएपनि ४५ देशका प्रतिनिधि मात्रै निर्वाचनमा भाग लिन उपस्थित भएका छन् । एनआरएनएको विधान अनुसार ६ वटा क्षेत्रीय समितिहरु छन् । ती क्षेत्रीय समितिमध्ये सबैभन्दा बढी मत युरोप क्षेत्रीय समितिको छ भने सबैभन्दा कम मत अफ्रिकाको छ ।

६ वटै क्षेत्रका एनआरएनका सदस्यहरुको कुल संख्या ७३ हजार ९५१ हुन्छ । यसबाट सम्मेलनमा तीन हजार ५८ जनाले सहभागिता जनाउन पाउँछन् । आजको सम्मेलनमा करिब २५ सयको हाराहारीमा मात्र सहभागिता छ ।

नवौं सम्मेलनका लागि सबैभन्दा धेरै २८ हजार ७९९ सदस्य रहेको युरोप क्षेत्रका १ हजार १८३ मतदाता छन् ।

त्यसमा पनि १३ हजार ६२९ सदस्य रहेको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बेलायतका मात्रै १७९ मतादाता छन् ।

२ हजार १७५ सदस्य रहेको पोर्चुगलका १२७, २ हजार ३९७ सदस्य रहेको स्पेनका १२५, २ हजार २७ सदस्य रहेको जर्मनीका १२५, १ हजार ६४ सदस्य रहेको डेनमार्कका १०२, २ हजार पाँच सदस्य रहेको बेल्जियममा १३० जना प्रतिनिधि छन् ।

एसिया प्यासिफिक र मध्यपूर्व क्षेत्रका मतदाता झण्डै बराबर छन् ।

युरोपपछि ११ हजार २७१ सदस्य रहेको एसिया प्यासिफिक क्षेत्रका मतदाता ६४० जना छन् । हङकङमा १००, र मकाउका ७९ जना मतदाता छन् । ८ हजार ६१२ पञ्जीकृत सदस्य रहेको मध्यपूर्वमा ६२० जना मतदाता छन् ।

कतारका १४८, इजराइलका १०६, ओमानका १००, कुवेतका ९८, साउदीका ७१ र बहराइनका ६० जना मतदाता छन् ।

ओसेनियाँ क्षेत्रका अस्ट्रेलिया र न्युजिल्याण्डमा गरी ३०० मतदाता छन् । अस्ट्रेलियामा १७५, न्युजिल्याण्डमा १२५ मतदाता रहँदा उत्तर–दक्षिण अमेरिकाबाट २९७ जना मतदाता छन् । अमेरिकामा १६८ र क्यानेडामा १२९ जना मतदाता छन् ।

अफ्रिकाका विभिन्न ६ देशबाट भने जम्मा १८ जना मतदाता छन् ।

२९ आश्विन २०७६, बुधबार ०९:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

जवान कुटपीटको छानवीन गर्न ‘कोर्ट अफ इन्क्वाइरी’ गठन

काठमाडौँ । नेपाली सेनाका जवानलाई यूएन शान्ति मिसनमा कुटपीट भएको तस्वीर सामाजिक सञ्जालमा भाइरले भएपछि सैनिक जंगी अड्डाले छानवीन..

६५ देशका राष्ट्रगान गाउने नेपाली

कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुनुहुन्थ्यो । चीनको वुहानबाट कोरोना..

कोरोना संक्रमणबाट झण्डै २० लाख मानिसको मृत्यु हुन सक्छ : डब्लुएचओ

जुरिच । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले कोरोना भाइरसको संक्रमणका कारण झण्डै बीस लाख मानिसको मृत्यु..

लोक सेवा आयोगका स्थगित परीक्षा कात्तिकदेखि सुरू हुने

काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षा लोक सेवा आयोगले आगामी महिनादेखि सुचारु गर्ने भएको छ..

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका..