पार्टी प्रवेशको वर्षदिनमै प्रचण्डका भाईलाई ‘राजदूत’ पद उपहार

काठमाडौँ, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित महेश्वर दाहाललाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन् । दाहाल मन्त्रिपरिषद्को सिफारिसमा राजदुत नियुक्त भएका हुन् ।

श्रीमती प्रभा दाहाल अमेरिकाको पिआर होल्डर रहेको भन्दै संसदीय सुनुवाई दाहाल बिरुद्द गत असारमा प्रश्न उठेको थियो । त्यो बेला प्रतिपक्षी दलका सांसद भीमसेनदास प्रधानले गलत मान्छेलाई सिफारिस गरेको भन्दै नाम अनुमोदन गर्नलाई प्रधानमन्त्रीलाइ नै समितिमा झिकाउनुपर्ने प्रस्ताव गरेका थिए । प्रधानले प्रधानमन्त्रीलाई बैठकमा नबोलाए बैठक बहिस्कार गर्ने चेतावनी समेत दिएका थिए ।

एक बर्षअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा प्रवेश गराएका दाहालले पार्टी प्रवेशको बर्ष दिनमै राजदुत बनेका हुन् । सुशील कोइराला नेतृत्वको सरकारमा मिलेन्द्र रिजाल सूचना तथा सञ्चारमन्त्री हुँदा दाहाललाई नेपाल टेलिभिजनको अध्यक्ष बनाइएको थियो । यसबाहेक उनले उच्चस्तरीय सूचना प्रविधि आयोगको सञ्चालक तथा परराष्ट्र मामिला अध्यायन प्रतिष्ठानको सदस्य भएर काम गरेका छन् ।

भरतपुर महानगरपालिकाका दाहाल प्रचण्डका तेह्रदिने दाजूभाइ हुन् । प्रचण्ड र महेशका हजुरबा दाजुभाइ हुन् । दाहाल पारिवारिक हिसाबले नेपाली कांग्रेस निकट थिए ।

तत्कालीन राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएपछि लामो समयदेखि अष्ट्रेलिया राजदूत रिक्त थियो।

२९ आश्विन २०७६, बुधबार ०८:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द भक्तपुरका नागरिकले..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..