डाएस्पोराका काँग्रेस नेताहरुको कुमार पन्तलाई समर्थन, संस्थापक महतोद्वारा सहमतिको प्रयास

काठमाडौं, २९ असोज । अनावश्यक राजनीतिक हस्तक्षेप भएपछि जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन उद्घाटन सत्र बहिस्कार गरेका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले संघको अविछिन्न एकताको लागि आज बिहान १० बजे सुरु हुँदै गरेको निर्वाचन अघि नेतृत्व चयनका लागि सहमतिको अन्तिम प्रयास सुरु गरेका छन् । संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको प्रयासलाई साथ् दिदैं डाएस्पोराका खगेन्द्र जिसी, हरिबोल भण्डारी, मुकुन्द ढुंगाना, चिरिन्जीवी ढकाल, कुल प्रसाद गुरुङ, बेद खरेल, संघका पूर्व अध्यक्ष एवं काँग्रेस नेता जीबा लामिछाने, शेष घले, पूर्व संरक्षक एवं काँग्रेस नेता राम प्रताप थापा, महेन्द्र लम्साल, गंगाधर गौतम लगायतका काँग्रेस नेताहरुले समेत गैरआवासीय नेपाली संघको नेतृत्व चयनमा पार्टीगत उम्मेदवारीको औचित्य नरहेको भन्दै सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरेका छन् । संस्थापक अध्यक्ष महतोले सहमतिको अन्तिम प्रयास स्वरुप संघका पूर्व अध्यक्ष जीबा लामिछाने, शेष घले, पूर्व उपाध्यक्ष रामेश्वर शाह, पूर्व मुख्य संरक्षक राम प्रताप थापा, पूर्व संरक्षक दिल गुरुङ र खगेन्द्र जिसीसंग परामर्श सुरु गर्नु भएको स्रोतले जानकारी दिएको छ । संस्थापक अध्यक्ष महतोले सहमतिको लागि गरेको अन्तिम प्रयास अनुसार अध्यक्षमा कुमार पन्तलाई अर्का प्रत्याशी कुल आचार्यले छोड्ने र आचार्यलाई संघको सम्मानित पदमा मनोनित गर्ने, महासचिवमा महिला, जनजाती र डाएस्पोरामा अभिछिन्न क्रियाशील जानुका गुरुङलाई अर्का उम्मेदवार डा. हेमराज शर्माले छोड्ने र शर्मालाई उपाध्यक्ष पदमा निर्वाचित गराउने, बाँकी रहेको उपाध्यक्ष पदमा हिम्मत थापा, बद्रि केसी र सोनाम लामा, त्यस्तै महिला उपाध्यक्षमा सपिला राजभण्डारी, सचिवमा गौरी जोशी, राजेन्द्र शर्मा र कोषाध्यक्षमा सोम सापकोटालाई साझा उम्मेदवार बनाएर सर्वपक्षीय सहमतिमा संघको २०१९-२०२१ कार्यकालको लागि नेतृत्व चयन गर्ने प्रयास गरिएको स्रोतको दावी छ । यसैबीच नेपाली अमेरिकन डाएस्पोराका काँग्रेस नेताहरु खगेन्द्र जिसी, संघका पूर्व अध्यक्ष एवं काँग्रेस नेता जीबा लामिछाने, शेष घले, पूर्व संरक्षक एवं काँग्रेस नेता राम प्रताप थापा ,आनन्द बिष्ट, बेद खरेल, हरिबोल भण्डारी, मुकुन्द ढुंगानाले पनि संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले अघि सारेको सहमतिको प्रस्तावलाई समर्थन गरेका छन् । उनीहरुले अमेरिका क्षेत्रको क्षेत्रीय संयोजकमा डा. बिनोद शाहलाई जिताउन उत्तर अमेरिका क्षेत्रका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । यद्यपि सहमति नजुटेमा डाएस्पोराका काँग्रेस नेताहरुले पार्टी व्हिप उलंघन गर्दै अध्यक्ष पदमा कुमार पन्त र महासचिवमा जानुका गुरुङलाई मतदान गर्ने तयारी गरेका छन् ।

२९ आश्विन २०७६, बुधबार ०७:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..