एनआरएनए नवौं विश्व सम्मेलन सुरु, अध्यक्षमा कुमार पन्त निर्विकल्प, नागरिकता अलपत्र

काठमाडौँ, २८ असोज । अध्यक्ष भवन भट्ट र महाससचिव बद्रि केसीको आर्थिक अपचलनका कारण टाट उल्टने अवस्थामा पुग्दा पनि बिलियन डलरको लगानी मातृभूमिमा भित्र्याउने नारा बोकेर संसारभरीबाट जम्मा भएका प्रवाशी नेपालीहरुको संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन आज मंगलबारदेखि काठमाडौंमा सुरू हुँदैछ ।

यसपटक संघको अमेरिकास्थित राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष केशव पौडेल र उनको समुहको अमेरिकामा जस्तै भोटर फ़्रड, फर्जी प्रतिनिधि चयनका कारण विधिवत राजनीतिक रंगमा विभाजित गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन नेपाली अमेरिकन डाएस्पोरा उपहासको विषय बनेको छ ।

संघको नवौं विश्व सम्मेलनको पूर्व सन्ध्यामा अमेरिकाबाट प्रतिनिधत्व गर्ने प्रतिनिधि चयनको विषयमा देखिएको विवाद तत्कालका लागि केन्द्रको हस्तक्षेपमा साम्य पारिएको भएपनि नेपाली अमेरिकन डाएस्पोरा मात्र होइन गैर आवासीय नेपाली अभियाननै पहिलोपटक काँग्रेस र कम्युनिष्ट कित्ताम्मा विभाजित र विवादित बनेको छ ।

आज मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले विधिवत उद्घाटन गर्ने सम्मेलन बिहीबारसम्म चल्ने भएपनि संघ स्थापना देखी नेपाली डाएस्पोराले मूल मुद्धा बनाएको नेपाली नागरिकताको निरन्तरता प्रवाशी नेपालीहरुलाई राष्ट्रद्रोही भन्ने सरकारका वरिष्ठ मन्त्रि लालबाबु पण्डितको भनाइलाई प्रतिरोध गरेर बन्न लागेको विधयेकमा नेपाली नागरिकताको निरन्तरता समावेस गर्न सत्तारुढ दल नेकपा र मुख्य प्रतिपक्षी दल नेपाली काँग्रेस अनिच्च्छुक देखिएका कारण गैर आवासीय नेपालीको यो मुद्धा यो सम्मेलन संगै विधिवत विसर्जन भएको छ ।

संसोधित विधान अनुसार अध्यक्षसहित १२ पदका लागि करिव ४ दर्जनले उम्मेदवारी दिने तयारी गरेको नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुनेछ । संघको नवौं विश्व सम्मेलनमा यस पटक ८१ देशबाट करिब दुई हजार पाँच सय जना प्रतिनिधि सम्मेलनमा सहभागी हुने अनुमान गरिएको छ भने अध्यक्ष पदका लागि प्रारम्भिक सर्वेक्षण अनुसार हालका उपाध्यक्षद्वय कुमार पन्त निर्विकल्प दौडमा रहेपनि सहमति नभएका खण्डमा काँग्रेसले कुल आचार्यलाई आफ्नो मत संरक्षण गर्न मैदानमा उतार्ने भएको छ ।

यद्यपि डाएस्पोरामा काँग्रेसका प्रभावशाली नेताका रुपमा स्थापित खगेन्द्र जिसी, आनन्द विष्ट, बेद खरेल, हरिबोल भण्डारी, गंगाधर गौतम लगायतका नेताहरु एनआरएनए अभियानलाई राजनीतिक रुपमा विभाजित गर्न नहुने भन्दै सामाजिक संस्थालाई राजनीतिक स्वार्थका लागि दुरूपयोग नगर्न पार्टीका नेताहरुलाई चेतवानी दिदैं अध्यक्ष प्रत्याशी कुमार पन्तको पक्षमा उभिएपछि कुल आचार्य सहमतिमा सेफ ल्याण्डिङ्ग गर्ने अवस्थामा पुगेको उनि निकटले जानकारी दिएका छन् । कुल आचार्यलाई अध्यक्ष जिताउने भन्दै उनको समूहबाट महासचिव पदको उम्मेदवार बनेका अमेरिकाका केशव पौडेलले अन्तिम समयमा उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्नु र काँग्रेस समर्थक महासचिव पदको उम्मेदवार जानुका गुरुङले पूर्व अध्यक्ष शेष घले मार्फत कुमार पन्तको समुहमा आफ्नो पद सुरक्षित गर्न मोल मोलाई गरेको सुइँको पाएका कुल आचार्य अन्तिम समयमा आएर केशव पौडेल र जानुका गुरुङले धोखा दिएको भन्दै अर्को कार्यकालका लागि अध्यक्ष पदको प्रतिवद्धता पाएमा सहमतिमा सेफ ल्याण्डिङ्ग गर्ने भएका हुन् ।

आचार्यले सोमबार पत्रकार सम्मेलन गरी आफ्नो प्यानल घोषणा गरेको भएपनि सहमतिमा उनि उपाध्यक्ष उम्मेदवार भएमा कुनै आश्चर्य नहुने उनि निकट एक प्रतिनिधिले जानकारी दिएका छन । एनआरएनको अध्यक्षका निर्विकल्प उम्मेदवार कुमार पन्तले आफ्नो उम्मेदवारी घोषणा संगै आफु एनआरएनए अभियानमा स्थापनाकालदेखि नै सक्रिय रहँदै आएको जानकारी दिदैं सबैलाई समेटर संघको नेतृत्व गर्ने तयारीमा आफ्नो पक्षको समूह अहिले सम्म घोषणा नगरे पनि उनको समुहबाट उपाध्यक्ष पदका लागि हिक्मत थापा, बद्रि केसी, सोनाम लामा र मन केसी र महिला उपाध्यक्षमा जानुका गुरुङले महासचिव पदका लागि बेलायत निवासी डा. हेमराज शर्मालाई समर्थन गरेमा उनको सुनिस्चित जस्तै रहेको र अर्को अवस्था सिर्जना भएमा मन केसी पुन प्रवक्ता ल्याउने गरि डा. हेमराज शर्मा उपाध्यक्ष र जानुका गुरुङ महासचिव बनाएर पूर्व अध्यक्ष शेष घलेलाई समेट्ने रणनीतिमा पन्त नेतृत्वको संस्थापन समुह उपेन्द्र महतो, जीबा लामिछाने, रामेश्वर शाहले आन्तरिक तयारी गरेका छन् ।

स्मरण रहोस कुमार पन्त यस कार्यकालमा सर्वसम्मतिले अध्यक्ष हुने सर्तमा भबन भट्टलाई समर्थन गर्दै दोस्रो कार्यकालका लागि उपाध्यक्ष बनेका थिए । पन्त सन् २००३ सालमा उपेन्द्र महतोको नेतृत्वमा गठन भएको एनआरएनए अभियानमा स्थापनाकालदेखि नै सक्रिय छन् ।
पन्तले आफ्नो उम्मेदवारी जायज भएको दावी गर्दै भनेका छन्, ‘दुई कार्यकाल उपाध्यक्ष भएपछि हाम्रो विधानअनुसार फेरि त्यही पदमा उम्मेदवारी दिन मिल्दैन। यस पटक म अध्यक्ष उठ्छु भनेर भवन भट्टलाई समर्थन गरेको हुँ । र भट्टजीले पनि मलाई सघाउँछु भन्नुभएको हो ।’
निर्विकल्प अध्यक्ष पदको दौडमा रहेका पन्तले एनआरएनए गठन भएको १६ वर्ष अवधिमा संस्थाप्रति धेरै आरोप लागे बताउदै आफ्नो कार्यकालमा नेपालमा लगानी भित्र्याउने र गैर आवासीय नेपाली संघ आवद्ध विश्वभरि छरिएको नेपाली डाएस्पोराको आर्थिक सामाजिक रुपान्तरणमा योगदान पुर्याउने दावी गरे ।

को हुन् कुमार पन्त?
गोरखा फुजेलमा जन्मिएका कुमार पन्त अध्यनका क्रममा सन् १९९७ मा ग्रीस पुगेका थिए । पछि जर्मनी पुगे र जर्मनीबाटै राजनीतिशास्त्रमा स्नातक गर्दै आफ्नो होटल ब्याबसाय विस्तार गरे। प्रारम्भमा ३६ कोठाको एउटा होटलबाट व्यवसाय सुरू गरेका पन्तको गैर आवाशीय नेपाली धनाढ्य उपेन्द्र महतो, जीबा लामिछाने, शेष घले लगायतको साझेदारीमा जर्मनी, बेल्जियम, स्वीट्जरल्याण्डमा गरी २९ वटा होटल संचालनमा रहेका छन्।

व्यवसायसँगै एनआरएनए अभियानमा निरन्तर लागिरहेका पन्त सन् २००४ सालमा एनआरएनए जर्मनी राष्ट्रिय परिषद् गठन गरी क्षेत्रीय सदस्य बने। केही महिनापछि त्यसको संयोजक समेत भएका थिए । सन् २००९ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्, २०११ मा युरोप क्षेत्रको संयोजक निर्वाचित उनी शेष घले पहिलोपटक अध्यक्ष रहेको २०१३ देखि १५ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिव भए ।

सन् २०१५ मा उपाध्यक्ष भएका पन्त २०१७-२०१९ कार्यकालका लागि पनि सहमतिमा उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी एनआरएनएको भवन निर्माणका लागि लगानी जुटाउने कोषको संयोजक समेत रहेका थिए ।
बालुवाटारस्थित एनआरएनए केन्द्रिय कार्यालय भवन निर्माण गरिएको जग्गा सार्वजनिक भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ ।
स्मरणीय छ, कुमार पन्तको समुहको उम्मेदवार हुँ भन्दै हिडेका महासचिव बद्रि केसीलाई संस्था टाट उल्ट्याउने र आर्थिक अपचलन गरेको आरोप छ भने महासचिवका दावेदार डा. हेमराज शर्मालाई संस्थामा गुटबन्दी र विवाद निम्त्याउने व्यक्ति भएको आरोप छ भने उपाध्यक्ष उम्मेदवार रहेक सोनाम लामालाई बालुवाटारस्थित एनआरएनए केन्द्रिय कार्यालय भवन निर्माणका लागि सार्वजनिक जग्गामा फसाएर भ्रष्टाचार गरेको आरोप छ भने अध्यक्ष प्रत्याशी कुल आचार्यलाई सोनाम लामा, बद्रि केसी र भबन भट्टलाई संस्था टाट उल्ट्याउने र आर्थिक अपचलनमा साथ दिएको आरोप छ ।

२८ आश्विन २०७६, मंगलवार ०८:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..