महराको बयान अस्पतालबाटै

काठमाडौँ, २७ असोज । सचिवालयकै कर्मचारीमाथि यौन दुर्व्यहारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान अस्पतालबाटै लिईने भएको छ । महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएको र उनलाई अस्पतालले डिस्चार्ज गर्न नमिल्ने बताएपछि अस्पताल मै बयानको तयारी गरिएको हो ।

उच्च रक्तचापको समस्या देखिएपछि उनलाई गत बिहीबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार अहिले उनलाई उच्च रक्तचापको साथ साथ सुगर, प्रेसर र बाथ रोगले च्यापेको छ। यस्तो अवस्थामा वयानको लागि बाहिर निस्कन नमिल्ने अस्पतालले जनाएको छ । तर चिकित्सकहरुको रोहबरमा अस्पतालभित्र बयान लिन समस्या नहुने भएकोले सोहि अनुसार तयारी भएको हो। त्यसको लागि प्रहरी, सरकारी वकिल कार्यालय र अस्पताल स्रोतबीच सोमबार छलफल हुने अस्पताल स्रोतको भनाइ छ।फौजदारी अभियोगमा पक्राउ परेका आरोपितलाई प्रहरीले सरकारी वकिलको रोहवरमा बयान लिनु पर्ने कानुनी व्यवस्था छ ।

गएको बिहीबार प्रहरीले सरकारी वकिलको कार्यालयमा महरालाई उपस्थित गराएर बयान लिने प्रयास गरेको थियो। बयान सुरु गरेपछि उच्च रक्तचापको समस्या देखिएपछि महरा तुरुन्तै नर्भिक भर्ना भएका थिए।

महारामाथिको आरोप

महराविरुद्ध संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले शनिबार महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी हुन् ।

उनले असोज १२ गते राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको आरोप लगाएकी छन् ।

२७ आश्विन २०७६, सोमबार ११:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीको प्रश्न, ‘सडकका खाल्डाको सारङ्गी कति सुन्ने ?’

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकका खाल्डा पुर्न ४ महिनाको समय दिएका छन् । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो..

मूल्यवृद्धि नियन्त्रण बाहिर, फेरि चुक्यो सरकार

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । मूल्य वृद्धि चुलिँदै गएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमास सकिँदा मुल्य..

गोकर्ण विष्ट पदमुक्त भएको खुशीयालीमा म्यानपावर व्यवसायीको पार्टी

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । श्रम तथा रोजगारमन्त्रीबाट गोकर्ण विष्ट बर्खास्त भएपछि म्यानपावर..

ओलीको कमालः महिला मन्त्रालयको जिम्मेवारी पुरुष सांसदलाई !

काठमाडौँ, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दै दोलखाका सांसद..

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको..