इक्वेडरले अर्जेन्टिनाको आधा दर्जन गोल खायो

एजेन्सी, २७ असोज । मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ६–१ ले पराजित गरेको छ । स्टार खेलाडीद्वय लियोनल मेस्सी र सर्जियो अग्युरो बिना नै मैदान उत्रिएको अर्जेन्टिनाले इक्वेडरलाई गोलका वर्षा खुवाएको हो ।

पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिनाले एक गोल उपहार पाएको थियो । दोस्रो हाफमा ३ गोल थपेको थियो ।

२० मिनेटमा लुकासले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । २७ औं मिनेटमा इक्वेडरका स्पिनोजाले आत्मघाती गोल गरेपछि अर्जेन्टिनाले अग्रता दोब्बर बनायो । ३२ औं मिनेटमा पनि पेनाल्टीबाट लिएनार्दोले गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिना ३–० ले अघि रह्यो ।

दोस्रो हाफको ४९ औं मिनेटमा एन्जल मिनाले इक्वेडरका लागि सान्त्वना गोल फर्काए ।

अर्जेन्टिनाले ६६ औं मिनेटमा जर्मन पिजेला, ८२ औं मिनेटमा निकोलास र ८६ औं मिनेटमा लुकासले गोल गर्दै टिमलाई जित दिलाए ।

२७ आश्विन २०७६, सोमबार १०:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीको प्रश्न, ‘सडकका खाल्डाको सारङ्गी कति सुन्ने ?’

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकका खाल्डा पुर्न ४ महिनाको समय दिएका छन् । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो..

मूल्यवृद्धि नियन्त्रण बाहिर, फेरि चुक्यो सरकार

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । मूल्य वृद्धि चुलिँदै गएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमास सकिँदा मुल्य..

गोकर्ण विष्ट पदमुक्त भएको खुशीयालीमा म्यानपावर व्यवसायीको पार्टी

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । श्रम तथा रोजगारमन्त्रीबाट गोकर्ण विष्ट बर्खास्त भएपछि म्यानपावर..

ओलीको कमालः महिला मन्त्रालयको जिम्मेवारी पुरुष सांसदलाई !

काठमाडौँ, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दै दोलखाका सांसद..

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको..