चिनियाँ राष्ट्रपति सी र नेकपाका नेताहरुबीच भेटवार्ता

काठमाडौँ, २६ असोज । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ दल नेकपाका शिर्ष नेताहरुबीच सामुहिक भेटवार्ता सुरु भएको छ । सोल्टी होटेलमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा भेटवार्ता सुरु भएको हो ।

छलफलमा प्रचण्ड बाहेक प्रधानमन्त्री केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिती छ ।

यसपछि राष्ट्रपति सीले प्रचण्डसंग छुट्टै वान टु वान वार्ता र त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्नेछन् । त्यसपछि दुई देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुने छ । वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ ।

शनिबार अपराह्न नेपाल आएका सीले शनिबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवासँग भेटवार्ता गरेका थिए । उनी आज दिउँसो १ बजे स्वदेश फर्कने छन् ।

२६ आश्विन २०७६, आईतवार ११:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सरकारी कर्मचारीको सबै प्रकारका भत्ता खारेज

काठमाडौँ, १५ जेठ । सरकारले कर्मचारीको सबै प्रकारको भत्ता खारेज गरेको छ। कोरोना रोकथामको लागि अग्रपंतिमा काम गर्ने स्वास्थ्यकर्मी..

नेपालमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो

काठमाडौँ, १५ जेठ । नेपालमा बिहिबार एकैदिन १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

कोरोनाका कारण पाँचौ व्यक्तिको मृत्यु

काठमाडौँ, १५ जेठ । कोरोना भाइरसका कारण नेपालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुरका १ संक्रमितको बुधबार..

बुधबार ११४ जना कोरोना संक्रमित थपिए

काठमाडौँ, १४ जेठ । बुधबार एकैदिन थप ११४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना..

जातीय विभेदको पराकाष्ठ रुकुम घटना

कालीकोट घटना:२०६८ सालमा चुलो छोएको निहुँमा कालीकोटमा मन बहादुर सुनारको हत्या भएको थियो । त्यसैगरि नरहरिनाथ..