टी–२० वरीयतामा कप्तान पारसको छलाङ, ३ नयाँ खेलाडी पहिलो पटक समावेश

काठमाडौँ, २४ असोज । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० को नयाँ वरीयतामा पहिलो पटक नेपालका ३ खेलाडीले प्रवेश पाएका छन् । सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा पहिलो पटक आईसीसीको वरीयतामा समावेश भएका हुन् ।

बलिङतर्फ सन्दीप ४२२ रेटिङ अङ्क पाउँदै ६४औँ स्थानमा रहँदा ३७७ रेटिङ अङ्क पाएका करण ८३औँ स्थानमा छन् । ३५२ रेटिङ अङ्क पाएका अविनाश १००औँ स्थानमा छन् ।

त्यस्तै बलिङतर्फ सोमपाल कामी ४०८ रेटिङ अङ्क पाउँदै ६८औँ स्थानमा छन् । ३८६ रेटिङ अङ्क पाएका वसन्त रेग्मी ९०औँ स्थानमा झरेका छन् ।

टी ट्वान्टीको अलराउन्डरतर्फको वरीयतामा भने नेपाली कप्तान पारस खड्का २४औँ स्थानमा उक्लिएका छन् । कप्तान खड्काले १०८ रेटिङ अङ्क पाएका छन् ।

अलराउन्डरतर्फ ५९ रेटिङ अङ्क पाएका सोमपाल ६२औँ स्थानमा यथावत् छन् । अलराउन्डतर्फ करण केसी ४२ रेटिङ अङ्कसहित ८२औँ स्थानमा छन् ।

ब्याटिङतर्फ भने कप्तान खड्का ६६औँ स्थानबाट एकैपटक ४५औँ स्थानमा उक्लिएका छन् । कप्तान पारसले ब्याटिङतर्फ ४६६ रेटिङ अङ्क पाएका छन् ।

२४ आश्विन २०७६, शुक्रबार १५:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

काठमाडौँ, २१ जेठ । व्यवसायीहरुले लकडाउन उलङ्घनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बिहिबारदेखि..

कर तिर्ने समय थपियो

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्ने अवधि थप गरेको छ । व्यवसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने समय थप..

कर तिर्न सरकारले ताकेता गरेकोप्रति चेम्बरको असन्तुष्टि

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्न ताकेता गरेकोप्रति नेपाल चेम्बर अफ कमर्सले असन्तुष्टि जनाएको छ । ७० दिनदेखि..

कोरोनाका २८८ बिरामी थपिए, संक्रमितको संख्या २१ सय नजिक

काठमाडौँ, २० जेठ । एकै दिन २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले थप..

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो..