रसायनशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा

स्टकहोम, २२ असोज (एपी)। यस वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । उहाँहरुलाई लिथियम–आयन ब्याट्री निर्माणमा उत्कृष्ट कार्य गरेबापत नोबेल पुरस्कार प्रदान गर्न लागिएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

यो पुरस्कार प्राप्त गर्नेहरुमा अमेरिकाको टेक्सास विश्वविद्यालयका इन्जिनियरिङ विषयका प्राध्यापक ९७ वर्षीय जोन बी गुडइनफ, अमेरिकाकै न्यूयोर्क विश्वविद्यालयका रसायनशास्त्रका प्राध्यापक ७७ वर्षीय एम स्टान्ले ह्वीटिङ्घाम र जापानको मिजो विश्वविद्यालयका प्राध्यापक ७१ वर्षीय अकिरा योशिनो हुनुहुन्छ ।

यी वैज्ञानिकको खोजले ऊर्जा भण्डारणका क्षेत्रमा नाटकीय परिवर्तन गरी कार, मोबाइल फोन तथा अरु धेरै किसिमका उपकरण चलाउन धेरै ठूलो सहयोग पुगेको समितिको ठहर छ ।

नोबेल पुरस्कार प्राप्त गर्ने प्राध्यापक गुडइनफ अहिलेसम्मकै सबैभन्दा बढी उमेरका व्यक्ति हुनुहुन्छ ।

उहाँहरुले गर्नुभएका अनुसन्धान र खोजले व्यावसायिक रिचार्जवेल ब्याट्री निर्माण र विकासमा आधार तयार गर्नुभएको छ ।

सन् १९७० को दशकमा तेलको विश्वव्यापी संकट उत्पन्न भएकै समयमा प्राध्यापक ह्वीटिङ्घामले जैविक इन्धनको विकल्पको खोजीका क्रममा लिथियम–आयन ब्याट्री निर्माण गर्न सकिने अवधारणाको खोजी थाल्नु भएको थियो ।

रसायनशास्त्र तर्फ नोबेल पुरस्कारको राशि नौ लाख १८ हजार अमेरिकी डलर रहेको छ । यो पुरस्कार तीनै जना वैज्ञानिकलाई दामासाहीले बाँडिने नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

यो पुरस्कार आगामी डिसेम्बर १० का दिन स्वीडेनको स्टकहोममा प्रदान गरिनेछ ।

२३ आश्विन २०७६, बिहीबार ००:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..

आलमले जलाएका भनिएका व्यक्ति विदेशमा रहेको भन्दै निवेदन

रौतहट, २२ कार्तिक । नेपाली कांग्रेका सांसद मोहम्मद अफताब आलमले इटा भट्टामा जलाएर मारेका भनिएका व्यक्ति बैदेशीक..