ट्वान्टी २० क्रिकेट: नेपाल आयरल्यान्डसँग पराजित

काठमाडौँ, २२ असोज । नेपाल ओमानमा भइरहेको पाँच राष्ट्र सम्मिलित ट्वान्टी २० प्रतियोगितामा बुधबार आयरल्यान्डसँग १३ रनले पराजित भएको छ । लगातार दुई खेल जितेको नेपालको यो प्रतियोगिता पहिलो हार हो ।

जितका लागि १ सय ४६ रन पछ्याइरहेको नेपाल १९.५ ओभरमा १ सय ३२ रन बनाएर अलआउट भयो। नेपालका लागि आरिफ सेखले २६ र कप्तान पारस खड्काले २५ रन बनाए। नेपाललाई जितका लागि अन्तिम ओभरमा २५ रन चाहिएको थियो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ८ विकेटमा १ सय ४५ रन बनाएको थियो। त्यसमा प्रारम्भिक ब्याट्सम्यान पउल स्टर्लिङले ४७ बलमा ५९ रन बनाए। त्यस्तै एन्डी बलबिरनीले ३८ र स्टुवार्ट थमसनले २१ रन बनाए।

नेपाली बलरमध्ये सन्दीप लामिछाने र अभिनास बोहराले दुई दुई विकेट लिए। नेपालको तीन खेलबाट चार अंक छ र पाँच देशमध्ये तेस्रो स्थामा रहेको छ।

२३ आश्विन २०७६, बिहीबार ००:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै के भने ? (पूर्णपाठ)

काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा..

वीरगञ्जमा मृत्यु भईसकेका वृद्धमा कोरोना पुष्टि

पर्सा, १२ जेठ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएका एक वृद्धमा कोरोना भाइरसको संक्रमण पाईएको छ । जेठ ४ गते..

युवा व्यवसायी घिमिरे भन्छन्, ‘हामीले सरकार भएको अनुभूति गर्न पाएनौँ’

काठमाडौँ, ११ जेठ । रामेछापको मन्थली नगरपालिका ४ मा जन्मिएका शक्ति घिमिरे युवा व्यबसायी हुन् । हाल काठमाडौमा..

अस्पतालको आइसोलेसनबाट एक कोरोना संक्रमित फरार

११ जेठ जनकपुर।जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसनबाट एक कोरोना संक्रमित फरार भएका छन्।आइतबार बिहान आइसोलेसन..

‘कोरोना माहामारीसँग धैर्यता पूर्वक लड्नु नै बुद्धिमानी हुन्छ’

महोत्तरी, ११ जेठ । प्राकृतिक सुन्दरता, धार्मिक तथा साँस्कृतिक बिबिधता, मनोरम कलाकृतिले मात्र हैन अतिथी देवो भवको..