राष्ट्रपति र प्रधानमन्त्रीबाट विशिष्ट महानुभावलाई टीका

काठमाडौँ, २१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैँका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाई टीका लगाउनुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उहाँकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाउनुभएको हो ।

यसैगरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायतलाई टीका लगाउनुभयो ।

राष्ट्रपति भण्डारीले सर्वसाधरणलाई पनि टीका लगाउने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीको टीका
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीबाट टीका लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्य, परिवारजन, उपस्थित उपप्रधानमन्त्री, मन्त्रीगण तथा नेता कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीलाई पनि टीका लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले आज कार्यकर्ता र सर्वसाधरणलाई पनि टीका लगाउने कार्यक्रम छ ।

२१ आश्विन २०७६, मंगलवार २३:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द भक्तपुरका नागरिकले..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..