नेपालगञ्जमा भएको विभिन्न घटनामा तीनको मृत्यु

नेपालगञ्ज, १९ असोज । नेपालगञ्जस्थित रानीतलाउमा डुबेर आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–७ का २३ वर्षीय सुनिल भित्रीकोटीको सो तलाउमा डुबेर मृत्य भएको हो ।

सोही तलाउमा डुङ्गा चालकका रूपमा कार्यरत उनको अत्यधिक मदिरा सेवन गरी डुङ्गा चलाउँदा तलाउमा डुबेर मृत्यु भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले बताउनुभयो ।

यसैबीच, आज दिउँसो विषादी सेवन गरेका नेपालगञ्ज–१८ लगदवा बस्ने ४० वर्षीय विनोद गोडियाको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । यस्तै नेपालगञ्जमा गए राति मदिरा सेवन गरी कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । भारत विहार भोजपुर घर भई नेपालगञ्ज उपमहानगरपालिका–१८ लगदवा बस्ने विहारी भनी चिनिने नामथर वतन नखुलेका झण्डै ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो ।

सो घटनाको अनुसन्धानका क्रममा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१८ वस्ने ४० वर्षीय वर्षाती हरिजन र बर्दियाको बारबर्दिया नगरपालिका–५ बस्ने ३५ वर्षीय सन्दीप चौधरीलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख ओलीले बताउनुभयो ।

२० आश्विन २०७६, सोमबार ०१:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

रुकम घटनाको बिषयमा मननिय पक्षहरु

निशब्द भएर नबोलेर बसेका मनहरु रुकुम घटनाले आक्रोसित बनाईदिएको छ।उदाउन नपाउदै अस्ताएको त्यो डाँडामाथिको घामलाई हेर्नेहरुको मनमा..

भारतबाट अब यी नाकाबाट मात्रै नेपाल आउन पाईने

काठमाडौँ, १६ जेठ । सरकारले भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन निश्चित नाका मात्रै प्रयोग गर्न भनेको छ ।..

कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

काठमाडौँ, १६ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजा २१२ पुगेको छ । आज थप १७० जनामा संक्रमण पुष्टि..

‘यातयात क्षेत्रलाई बजेटले वेवास्ता गर्नु दुःखद’

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेटमा यातयात क्षेत्रलाई वेवास्ता गरिएको..

प्रदेशमा ९९ अर्ब ८७ करोड बजेट, कुन प्रदेशमा कति ?

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा ७ वटा प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान..