‘मौलाकालिका शान्ति दौड’ को उपाधि राईलाई

भरतपुर, १९ असोज ।‘२०औँ नारायणगढ लायन्स लियो खुला मौलाकालिका शान्ति दौड’ प्रतियोगिताको उपाधि गजेन्द्र राईले जित्नुभएको छ । चितवनको नारायणगढस्थित लायन्सचोकदेखि नवलपुरको गैँडाकोटस्थित मौलाकालिका मन्दिरसम्मको दूरी २५.४० मिनेटमा पार गर्दै सिरहाका गजेन्द्र राईले उपाधि जित्नुभएको हो ।

नारायणगढ लायन्स क्लब र लियो क्लब अफ नारायणगढको आयोजनामा भएको प्रतियोगितामा उहाँले नगद रु १५ हजार र प्रमाणपत्र प्राप्त गर्नुभयो । यस्तै २५.५० मिनेटमा दूरी पार गर्दै भोजपुरका सविन तामाङ द्वितीय हुनुभयो भने २७.१० मिनेटमा दूरी पार गर्दै जुम्लाका वीरेन्द्र रावल तृतीय हुनुभयो । उहाँहरुले क्रमशः रु १० हजार र पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

यस्तै चौथोदेखि १०औँ स्थान हासिल गरेका सात जनाले नगद रु एक÷एक हजारको सान्त्वना पुरस्कार प्राप्त गरेको नारायणगढ लायन्स क्लबका पूर्वअध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँहरुलाई लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टुका द्वितीय गर्भनर रामप्रसाद भट्टले पुरस्कार प्रदान गर्नुभयो । प्रत्येक वर्ष फूलपातीको दिन खुला शान्ति दौड प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रतियोगितामा ४५ जनाले सहभागिता जनाएका थिए ।

२० आश्विन २०७६, सोमबार ०१:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

भ्रमण वर्ष मनाउन यी कुराहरु सुधार्नु पर्छ

निरोज कुमार थापा, काठमाडौँ, १ मंसिर । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदीले २० लाख पर्यटक भित्र्याउन..

आलमलाई किन नख्खु जेलमा ल्याईयो ?

ललितपुर, १ मंसिर । रौतहट जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि नेपाली काँग्रेसका निलम्बित..

सीमा सुरक्षाबारे सर्वोच्चले माग्यो लिखित जवाफ

रासस, २९ कार्तिक । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा कारण देखाउ आदेश जारी गरेको छ ।..

पार्टीको जिम्मा प्रचण्डलाई, सरकारको जिम्मा पोखरेललाई

काठमाडौँ, २९ कार्तिक । दुई अध्यक्ष सहित चल्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका विभिन्न बैठक र निर्णयको..

नेपाल भारत सीमा विवादमा चीनको चासो

काठमाडौँ, २८ कार्तिक । भारतको नयाँ नक्सामा नेपाली भूमि परेको विषयमा नेपालले आपत्ति जनाएपछि उत्तरी छिमेकी देश..