साउदी अरब पहिलोपटक पर्यटकका लागि खुल्ला

रासस, १२ असोज । साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ । मुस्लीम मुलुक साउदी अरबले शुक्रबार पर्यटकलाई पनि स्वागत गर्ने घोषणा गरेको हो ।

तेलको व्यापारमा आधारित अर्थतन्त्र रहेको यस मुलुकमा अवदेखि पर्यटनलाई पनि अर्थतन्त्रको अर्को पाटोको रुपमा विकास गर्न लागिएको बताइएको छ । घुम्नका लागि विदेशी नागरिकहरुलाई खुल्ला गरिएपनि केही सर्त भने कडा बनाइएको छ । विषेश गरेर महिलाका लागि पहिरनमा आचारसंहिता नै बनाइएको अधिकारीहरुले जनाएका छन् ।

विश्व पर्यटन दिवसकै दिन आएको साउदी अरबको यो घोषणाले विश्वको पर्यटन क्षेत्रको दायरा थप फराकिलो भएको विज्ञहरुले बताएका छन् । ‘हामीले आज इतिहास रचेका छौँ’ देशका पर्यटन प्रमुख अहमद अल खातिबद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उनले भने ‘हामीले पहिलो पटक संसार भरका पर्यटकहरुका लागि साउदी अरबलाई खुल्ला गरेका छौँ ।‘

विश्वका ४९ देशका व्यक्तिहरुले अनलाईन मार्फत् प्रवेशाज्ञाका लागि निवेदन दिनसक्ने व्यवस्था गरिएको छ । प्रवेशाज्ञा पाउन अमेरिका, अष्ट्रेलिया, युरोपेली देशहरुलगायत रहेको वक्तव्यमा जनाइएको छ ।

१२ आश्विन २०७६, आईतवार १०:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोनाका २८८ बिरामी थपिए, संक्रमितको संख्या २१ सय नजिक

काठमाडौँ, २० जेठ । एकै दिन २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले थप २८८ जनामा संक्रमण..

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो..

रुकुम घटनाले गरेको दिशानिर्देश र केहि सन्देश !

छुवाछुत एक किसीमको सामाजिक कुरीति हो। यो निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथाका..

१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू, नमस्कार । राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु..

‘विदेशी मुद्राको बचत गर्न विद्युतीय गाडीमा भन्सार बढाउनु परेको हो’

काठमाडौँ, १९ जेठ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनमा..