गायक शिव परियारको ‘निष्ठुरी’ सार्वजनिक

काठमाडौँ, १० असोज । गायक शिव परियारको आवाज तथा सञ्चारकर्मी रवि अधिकारीको शब्द रहेको ‘निष्ठुरी’ बोलको नयाँ गीत आज सार्वजनिक गरिएको छ ।

शशान कँडेलले निर्देशन गरेको माया, प्रेम र धोकाको कथा बोकेको उक्त गीत आज नमस्ते फिल्मीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा चोखो प्रेमको अर्थ नबुझेकी एक युवती धनको पछि लाग्दा बिछोडिएको कथा समेटिएको अहिलेको समाज सुहाउँदो रहेको रचनाकार रवि अधिकारीले बताउनुभयो । अधिकारी आँसुको अर्थ र आँसुको अर्थ भाग–२ गीतको रचनाकार हुनुहुन्छ ।

गीतमा उत्सव र स्नेहा प्रेमी प्रेमिकाको भूमिकामा देखिएका छन् । स्नेहाको भेट सफल उद्योगपति जनकसँग हुन्छ र उनले उत्सवलाई छोड्छिन् । एक सामान्य युवा उत्सव कालान्तरमा नेपालको सुपरस्टार गायक बन्छ । उता स्नेहाले धनको पछि लाग्दा धोका पाएर पुनः उत्सवको जीवनमा फर्किन खोज्छिन् । तर उत्सवले अस्वीकार गरिदिन्छन् ।

दीपक शर्माले सङ्गीत दिनुभएको उक्त गीतमा रिदम कँडेलले सङ्गीत संयोजन गर्नुभएको छ । गीतको भिडियोमा स्नेहा पौडेल, उत्सव अधिकारी, जनक थपलिया र सुशान्तकुमार श्रेष्ठको अभिनय छ ।

११ आश्विन २०७६, शनिबार ०७:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुखको बरीयताबारे बाबुरामको आपत्ति

काठमाडौँ, १४ माघ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सभामुखको बरीयतामा..

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..