फुटसलको उपाधि स्टार सिटी क्लबलाई

धनगढी, १० असोज । यहाँ आयोजित ‘निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति फुटसल कप’ को उपाधि स्टार सिटी क्लब धनगढीले जितेको छ ।

पूर्वमन्त्री स्व टेकबहादुर चोखालको सम्झनामा आयोजित उक्त प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा फारवेष्ट पशुपति युवा क्लब धनगढीलाई पाँचका विरुद्ध सात गोल गर्दै स्टार सिटी क्लबले उपाधि जितेको हो । विजेता स्टार सिटीले रु ३० हजारसहित ट्रफी, मेडल र उपविजेता फारवेष्ट पशुपतिले रु १५ हजारसहित ट्रफी मेडल पुरस्कार प्राप्त गरेको छ ।

धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्नुभयो । समापनमा टेकबहादुर चोखाल फाउण्डेशनका अध्यक्ष विनय चोखाल, पब्लिक मिडिया नेपालका अध्यक्ष श्रवण देउवा, अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य प्रकाश विष्टलगायतले फाउण्डेशनका गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । प्रतियोगितामा धनगढी उपमहानगरपालिका र आसपासका १८ फुटसल टोलीले प्रतिस्पर्धा गरेका थिए ।

११ आश्विन २०७६, शनिबार ०७:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

असार १ बाट पठनपाठन सूचारु गर्न आह्वान

काठमाडौँ, १८ जेठ । आगामी असार १ गतेदेखि विद्यालयमा पठनपाठन सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १..

कोरोनाका कारण नेपाल बाहिर १२१ नेपालीको मृत्यु, १४ हजार बढी संक्रमित

लण्डन, १८ जेठ । कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ ।..

कोरोना संक्रमितको संख्या १४ सय नाघ्यो

काठमाडौँ, १७ जेठ । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या १४ सय नाघेको छ । शनिबार विभिन्न जिल्लाका थप १८९ जनामा..

संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने काँग्रेसको निर्णय

काठमाडौँ, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय..

एमसीसी अनुमोदनअघि बाँकी काम रोक्ने नेकपा सचिवालय बैठकको निश्कर्ष

काठमाडौँ, १७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट..