डेङ्गुबाट इलाममा एकको मृत्यु

फिक्कल, १० असोज । डेङ्गुका कारण आज इलाममा एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ खरेलडाँडाका गणेश ताम्लिङ्ग सुब्बाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरो आएर इलाम अस्पतालमा भर्ना हुनु भएका उहाँ कलेजो र मिर्गौलामा समस्या भएको भन्दै यही असोज ४ गते नोबेल अस्पतालमा पठाइएको थियो । जिल्ला अस्पताल इलाममा डेङ्गुको किट अभाव भएको कारण गणेशको अस्पतालले समयमा रोग पहिचान नगरिदिएकाले मृत्यु भएको परिवारको भनाइ रहेको छ । यता अस्पतालले इलाम नगरपालिकासँग पहिले नै डेङ्गुको किट माग गरे पनि नगरपालिकाले तदारुकाता नदेखाएको जनाइएको छ ।

इलाम अस्पतालमा उपचार गराउन आएकामध्ये पाँच जनालाई डेङ्गु देखिएपछि बिरामीको सोहीअनुसार उपचार भइरहेको छ । इलाममा डेङ्गु फेला परेको यो नै पहिलो पटक हो । जिल्लामा भरपर्दो उपचार गर्ने ठाउँ नहुँदा सामान्य बिरामी पनि उपचार गराउन झापा र भारतका विभिन्न स्थानमा जाने गरेकाले पनि डेङ्गु फेला परेको थिएन ।

११ आश्विन २०७६, शनिबार ०७:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..