देश ३ मा छुट्टै पूर्वाधार विकास कम्पनी गठन हुन्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा, १० असोज । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको पूर्वाधार विकासका लागि सरकारले छुट्टै प्रदेश पूर्वाधार निर्माण कम्पनी गठन गर्ने बताउनुभएको छ । उहाँले प्रदेश पूर्वाधार निर्माण कम्पनी गठनको अन्तिम तयारी भएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेशस्तरका निर्माण कार्यहरु प्रदेशकै निर्माण कम्पनीले गर्ने बताउनुभयो । प्रदेश सरकारले गठन गर्न लागेको कम्पनीमा निजी क्षेत्रको समेत लगानी रहने उहाँले जानकारी दिनुभयो । आज एक कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ मा विद्युतीय सवारी तथा अन्य यातायात सेवाहरु सञ्चालन पनि प्रदेश सरकार आफैँले गर्ने तथा प्रदेश यातायात निगमको स्थापना गर्ने समेत तयारी रहेको जानकारी दिनुभयो ।

प्रदेशको नीति तथा कार्यक्रममा निजी क्षेत्रबाट ६२ प्रतिशत लगानी अपेक्षा गरेको बताउँदै उहाँले प्रदेश सरकारले निजी क्षेत्रलाई पाखा लगाएर अगाडि बढ्न नसक्ने भएकाले निजी क्षेत्रलाई समेटेर अगाडि बढ्ने योजना ल्याएको उल्लेख गर्नुभयो ।

पर्यटन प्रवद्र्धन गर्न रु ३ अर्ब

प्रदेश नं ३ सरकारले प्रदेशको पर्यटन विकास र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन रु तीन अर्ब बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षमा प्रदेशका विभिन्न जिल्लामा पर्यटन प्रवद्र्धनका लागि रु दुई अर्ब ८७ करोड ९५ हजार विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पर्यटन पूर्वाधार विकास कार्यक्रमका लागि रु एक अर्ब एक करोड ५३ लाख ९५ हजार र स्थानीय पर्यटन प्रवद्र्धन कार्यक्रमको लागि रु ५९ करोड ७५ लाख छुट्याएको छ । त्यस्तै पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत उपत्यका क्षेत्रका ३ जिल्ला बाहेक १० वटा जिल्लाका एक÷एक वटा पर्यटकीय गन्तव्य निर्माण गर्ने तथा प्राचीन गढीहरुको पुनःनिर्माण गर्ने योजना बनाएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जानकारी दिनुभयो ।

रसुवा र सिन्धुपाल्चोकको सिमानामा रहेको गुञ्जला पासमा पैदल मार्ग निर्माणका लागि रु तीन करोड, जुगल र गौरीशङ्कर हिमालको परिपथ निर्माणका लागि रु ५० लाख, १० स्थानमा हिल स्टेशनअन्तर्गत भ्युटावर, बगैँचा, विश्राम घर तथा मनोरञ्जन घर निर्माणका लागि रु दश करोड विनियोजन गरेको छ ।

मन्त्रालयले शैलुङ पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणका लागि रु एक करोड पचास लाख, हेटौँडामा सिटी भ्यु टावर निर्माणका लागि रु दुई करोड, रुबी भ्याली गणेश हिमाल पदमार्ग निर्माणका लागि रु २० लाख, होमस्टे सञ्चालन गर्न चाहनेलाई सीप विकासको तालीम प्रदान गर्न रु ३५ लाख, लोकमार्गको किनाराको होटलमा अतिथि सत्कार र सरसफाइका लागि रु २० लाख, नेपाल भ्रमण वर्ष २०२०, प्रदेश पर्यटन दशक २०२० देखि २०३० को प्रवद्र्वनात्मक कार्यक्रमका लगि रु १० लाख र पर्यटन प्रवद्र्वनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रचारप्रसारका लागि रु ३५ लाख, सामाजिक सञ्चालबाट प्रचारप्रसार गर्न रु २० लाख गरी रु एक अर्ब एक करोड ५३ लाख ९५ हजार विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

११ आश्विन २०७६, शनिबार ०६:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी गतिविधि बढेपछि भारत..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..

आलमले जलाएका भनिएका व्यक्ति विदेशमा रहेको भन्दै निवेदन

रौतहट, २२ कार्तिक । नेपाली कांग्रेका सांसद मोहम्मद अफताब आलमले इटा भट्टामा जलाएर मारेका भनिएका व्यक्ति बैदेशीक..

नक्साबारे बोल्यो भारत, ‘नेपाली भूमी चलाएका छैनौँ’

दिल्ली, २१ कार्तिक । भारतले आफ्नो नक्सामा नेपाली भूमी परेको नेपालको दाबी अस्वीकार गरेको छ । भारतले जारी भएको नयाँ..