‘एनआरएनए’ अध्यक्ष उम्मेद्वार कुमार पन्तका ५ नारा

निरोज कुमार थापा, काठमाडौँ, ३ असोज । गैह्र आवासीय नेपाली संघ (एनआरएनए)को आगामी अध्यक्ष पदका उम्मेद्वार कुमार पन्तले चुनावी नारा सार्वजनिक गरेका छन् । आफ्ना ५ नारा सार्वजनिक गर्दै उनले अध्यक्ष के का लागि भन्ने उत्तर सहितका ५ मन्त्र अघि सारेको बताएका छन् ।

वर्तमान उपाध्यक्ष रहेका पन्तले एनआरएनएलाई नेपालमा लगानी, सम्मानपूर्ण वैदेशिक रोजगारी र दिगो संठनको मन्त्र अघि सारेका छन् । उनले संगठनमा व्यापक सहभागिता र एनआरएनएलाई नेपालको निर्वाचनमा मतदानको अधिकार सुनिश्चित गर्ने वाताबरण मिलाउन आफूले उम्मेदवारी दिएको बताए । लामो समयसम्म विभिन्न पदमा रहेर काम गरेका पन्तले अध्यक्षमा आफूलाई विजयी गराउन गैह्र आवासीय नेपालीलाई अनुरोध गरेका छन् ।

उनले पूर्वअध्यक्ष शेष घलेको ‘भिजन २०२०’को योजना नै अबको एनआरएनको मुद्दा भएको बताएका छन् । भिजन २०२० ले सबै एनआरएनएको माग समेटेको उनको भनाई छ । उनी आजै कोरिया प्रस्थान गर्दैछन् ।

३ आश्विन २०७६, शुक्रबार १६:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

संसदमा गगन थापाले स्वस्थानी सुनाएपछि…..

नेपाली कांग्रेसका सांसद गगन थापाले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने..

क्वारेन्टाइनमा राखिएको निगमको जहाज आजबाट उड्ने

काठमाडौँ, ६ फाल्गुण । कोरोना भाइरस प्रभावित चीनको वुहानबाट १७५ जना नेपालीलाई बोकेर ल्याएको नेपाल वायुसेवा..

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..