एनआरएनए महासचिवमा डा. हेमराज शर्माको उम्मेद्वारी घोषणा

अल्डरसट, ३ असोज । गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा डा. हेमराज शर्माले उम्मेद्वारी घोषणा गरेका छन् । अल्डरसटमा पत्रकार सम्मेलन गरी गैर आवासीय नेपाली संघका सल्लाहकार एवं युनिभर्सिटी अफ लिभरपुलका सहप्राध्यापक डा. शर्माले उम्मेदवारी घोषणा गरेका हुन् ।

विधान समितिका संयोजक शर्माले एक्जुकेटिभ पदमै काम गर्ने सोच बनेर उम्मेदवारी दिने निर्णय गरेको जनाएका छन् । एकेडेमिक करिअरसंगै सोसाइटीसंग जोडिरहने आफ्नो इच्छा भएको भन्दै उनले कार्यकारी पदमा आफ्नो आकांक्षा रहेको बताएका छन् ।

पत्रकार सम्मेलनमा शर्माले आफ्नो ७ निर्देशक सिद्धान्त प्रस्तुत गर्दै प्रतिवद्धता सार्वजनिक गरे । उनले सबैको एनआरएनए, सवल र बहुआयामिक एनआरएनए, स्मार्ट एनआरएनए, परिणाममुखी एनआरएनए, दिगो एनआरएनए, सिप, ज्ञान र नवप्रवर्धनका लागि एनआरएनए र उत्तरदायी र पारदर्शी एनआरएनए आफ्ना सिद्धान्त रहेको सार्वजनिक गरे ।

गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन आउँदो १५ देखि १७ अक्टोबरसम्म काठमाडौंमा हुँदैछ ।

३ आश्विन २०७६, शुक्रबार १५:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

संसदमा गगन थापाले स्वस्थानी सुनाएपछि…..

नेपाली कांग्रेसका सांसद गगन थापाले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने..

क्वारेन्टाइनमा राखिएको निगमको जहाज आजबाट उड्ने

काठमाडौँ, ६ फाल्गुण । कोरोना भाइरस प्रभावित चीनको वुहानबाट १७५ जना नेपालीलाई बोकेर ल्याएको नेपाल वायुसेवा..

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..