काठमाडौँ खुला दिसामुक्त जिल्ला घोषित

काठमाडौँ, १ असोज । काठमाडौँ जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा भएको छ । मङ्गलबार जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको समारोहमा प्रदेशसभा सदस्य नारायण सिलवालले काठमाडौँ जिल्ला खुला दिसामुक्त भएको पत्र पढेर घोषणा गरेका हुन ।

भदौ २४ गते काठमाडौँ महानगरलाई ‘खुला दिसामुक्त महानगर’ घोषणा गरिएको थियो । खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्लास्तरीय समन्वय समितिको प्रतिवेदनअनुसार काठमाडौँ जिल्लामा दुई लाख ९२ हजार ४५२ घर छन् र ती सबै घरमा चर्पी छन् । काठमाडौँलाई सन् २०१७ अगाडि नै खुला दिसामुक्त जिल्लाका रूपमा घोषणा गर्ने कार्यक्रम रहेको भए पनि काम सफल हुनसकेको थिएन । प्रदेशसभा सदस्य सिलवालले खानेपानी र सरसफाइलाई सभ्यतासँग जोडेर एकीकृत र समन्वयात्मक कार्यक्रम सञ्चालन गरेर पूर्ण सरसफाइतिर लाग्नुपर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख एवं खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्लास्तरीय समन्वय समितिका अध्यक्ष शिवसुन्दर राजवैद्यले चर्पी बनाएर मात्र पूर्ण सरसफाइ नहुने बताउँदै उहाँले स्थानीय तहबाट पूर्ण सरसफाइमा लाग्नुपर्नेमा जोड दिए । काठमाडाँै महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले पूर्ण सरसफाइका लागि चर्पी भएर मात्र पुग्दैन, चर्पीसँगै यसको प्रयोग, सार्वजनिक शौचालय निर्माणलगायतका क्षेत्रमा सक्रियतापूर्वक काम हुनुपर्ने बताए ।

जिल्लास्तरीय समन्वय समितिका सदस्य सचिव हरिदत्त पौडेलले यस अभियानका क्रममा ५५ हजार ५०० चर्पी बनाउन उपभोक्ताको रु २७ करोड ८० लाख र सरकारको रु छ करोड ६५ लाख बराबर खर्च भएको जानकारी दिए । काठमाडौँ उपत्यकामा भक्तपुरलाई विसं २०७० कात्तिकमा र ललितपुरलाई २०७५ जेठमा खुला दिसामुक्त घोषणा गरिएको थियो । नेपालको पहिलो खुला दिसामुक्त जिल्ला भने कास्की हो । कास्कीलाई विसं २०६८ असार १० गते नै खुला दिसामुक्त घोषणा गरिएको हो ।

१ आश्विन २०७६, बुधबार ०९:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘राजनिती भ्रष्टिकरणतर्फ गयो, सर्बसत्तावादी चिन्तन स्वीकार्य हुँदैन’ राप्रपा नेता बर्तौला

भर्खर मात्र राष्ट्रबादी भन्न रुचाउने राप्रपा पार्टी एकिकरण भएको छ । यता जनमानसमा राजाप्रतिको बिचार सकारात्मक देखिन थालेको छ ।..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..

व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

काठमाडौँ, २१ जेठ । व्यवसायीहरुले लकडाउन उलङ्घनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा..

कर तिर्ने समय थपियो

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्ने अवधि थप गरेको छ । व्यवसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने समय थप..