सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न तयार छौँः उद्योग परिसंघ

काठमाडौँ, ३० भदौ । नेपाल उद्योग परिसंघले ‘योगदानमा आधारित सुरक्षा योजना’ कार्यान्वयन गर्न आफूहरु तयार रहेको बताएको छ । परिसंघमा आयोजत सामाजिक सुरक्षा योजना कार्यान्वयनसम्बन्धी कार्यक्रममा अध्यक्ष सतिशकुमार मोरले आफूहरु कार्यान्वयन गर्न तयार रहेको भन्दै कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न विशेषज्ञ कार्यदल बनाइ सरकार र कोषलाई छिट्टै लिखित सुझाव दिने बताएका छन् ।

‘कोषले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तीय सुरक्षामा ठूलो गृहकार्य गर्न आवश्यक छ,’ मोरले भने, ‘सँगै कोषले लगानी नीति पनि छिटो ल्याउन आवश्यक छ ।’
परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले कोषको लगानी नीति, नेपालमा रहेका विदेशी कामदार, दैनिक ज्यालादारी कामदार लगायतका हकमा पनि कोषले स्पष्ट हुनुपर्ने बताए ।

सामाजिक सुरक्षा कोषका कार्यकारी प्रमुख कपिलमणि ज्ञवालीले कोषमा दर्ता हुने श्रमिकको संख्या ५१ हजारको हाराहारीमा रहेको र रोजगारदाता करिब ५ हजार पुगेको जानकारी गराए । उनले कोष लगानी नीतिकै छलफलमा रहेकोले चाँडै लगानी नीति ल्याउने बताए ।

३० भाद्र २०७६, सोमबार ०९:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

रुकम घटनाको बिषयमा मननिय पक्षहरु

निशब्द भएर नबोलेर बसेका मनहरु रुकुम घटनाले आक्रोसित बनाईदिएको छ।उदाउन नपाउदै अस्ताएको त्यो डाँडामाथिको घामलाई हेर्नेहरुको मनमा..

भारतबाट अब यी नाकाबाट मात्रै नेपाल आउन पाईने

काठमाडौँ, १६ जेठ । सरकारले भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन निश्चित नाका मात्रै प्रयोग गर्न भनेको छ ।..

कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

काठमाडौँ, १६ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजा २१२ पुगेको छ । आज थप १७० जनामा संक्रमण पुष्टि..

‘यातयात क्षेत्रलाई बजेटले वेवास्ता गर्नु दुःखद’

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेटमा यातयात क्षेत्रलाई वेवास्ता गरिएको..

प्रदेशमा ९९ अर्ब ८७ करोड बजेट, कुन प्रदेशमा कति ?

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा ७ वटा प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान..