लुक्लामा पर्यटक अलपत्र

सोलु, ३० भदौ । लगातार ३ दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयौं विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमण सकेर काठमाडौं फर्कने तयारीमा रहेका ३ सयभन्दा धेरै पर्यटक लुक्लामै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिए ।

शुक्रबारदेखि देशैभरको मौसममा प्रतिकुलता देखिएको छ । यसको असर पर्यटकमा परेको छ । शुक्रबार लुक्लाबाट २० वटा उडान तालिका भए पनि कुनै उडान हुन सकेनन् ।

शनिबारका लागि २५ वटा उडान तालिका तोकिएको थियो । तर जम्मा ५ उडान मात्रै भएको थियो । पर्यटकको चाप बढेपछि आइतबारका लागि ५ उडान थप गर्दै उडान संख्या ३० पुर्याइएको थियो । तर एउटा पनि उडान हुन सकेन । आइतबार तारा एयरको १५, सीताको १० र समिटले ५ उडान भर्ने तालिका थियो ।

हवाई यात्राको बिकल्प नहुँदा पर्यटकलाई सास्ती भएको स्थानीय सरकारले स्वीकार गरेको छ । लुक्लाको तेञ्जिङ हिलारी विमानस्थलबाट ३ दिनदेखि हेलिकप्टर समेत उडान भर्न सकेको छैन । अत्याधिक बाक्लो हुस्सु लागेको कारण उडानमा अवरोध आएको हो ।

३० भाद्र २०७६, सोमबार ०९:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मन्थलीमा पर्यटकलाई ठग्ने २ व्यापारी पक्राउ

निरोज कुमार थापा, मन्थली, ६ कार्तिक । रामेछापको मन्थली विमानस्थल नजिकै सञ्चालित होटल तथा चिया दोकानले मनपरी शुल्क लिन थालेपछि २..

‘विप्लब’ समूहका सर्लाही इन्चार्जलाई प्रहरीले हत्या गरेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौँ, ५ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका सर्लाही इन्चार्ज कुमार..

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ ।..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..