मेरो कारणले जहाज ढिलो उड्नु पर्‍यो, माफी चाहान्छुः मन्त्री भट्टराई

निरोज कुमार थापा, काठमाडौँ, २९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले माफी मागेका छन् । आफ्नो कारणले जहाज उडानमा ढिलाई भएको स्वीकार गर्दै उनले माफी मागेका हुन् । शनिबार कैलालीको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कन लाग्दा जहाजलाई केही समय कुराएको भन्दै प्लेनभित्रै मन्त्री भट्टराईमाथि गालीगलौज गरिएको थियो ।

मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिँदै आरोपितले भनेझैं एक घण्टा नभई १५ मिनेट मात्र जहाज उड्न ढिलो भएको लेखेका छन् । सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिँदै उनले आइतबार प्रतिनिधिसभामा जवाफ दिने कार्यक्रम रहेकाले काठमाडौँ फर्किन बाध्य भएका हुादा केही समय बुद्ध एयरलाई आफूले पर्खन अनुरोध गरेको मन्त्री भट्टराइले बताएका छन ।

यद्दपी नेपालगञ्ज विमानस्थलमा आफूलाई भ्रष्टाचार विरोधी अभियान्ता बताउने तर राजावादीको रुपमा चिनिने ज्ञानेन्द्र शाहीसहितका केही व्यक्तिले ‘पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ?’ भन्ने प्रश्न गर्दै मन्त्री भट्टराईमाथि आइलागेका थिए ।

बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने जहाज ७ बजेर ८ मिनेटमा उडेको थियो । तर बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णले भने मन्त्रीकै कारणले जहाज उडानमा ढिलाई भएको भन्नु गलत भएको बताएका छन् । मौसमको कारण त्योभन्दा अघि भएका उडान पनि ढिलो गरि नै भएको भन्दै उनले कुनै पनि भिआइपी यात्रुका कारण सर्वसाधारणलाई दुख नदिएको दाबि गरे । ‘मौसमको खराबीका कारण शनिबार दिनभर जसो उडानमा ढिलाई भईरहेको थियो, उडान ढिला भएको हो तर मन्त्रीलाई पर्खेकै कारणले ढिला भएको हो भन्ने होईन’ उनले भने ।

मन्त्री भट्टराईले लेखेको स्पष्टिकरणः

२९ भाद्र २०७६, आईतवार १०:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनालीको दुर्घटनबारे छानबिन गर्न कार्यदल

काठमाडौँ, १६ फाल्गुण । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल बनाएको छ । शुक्रबार..

अडियो बाहिर ल्याउने मिश्रविरुद्द बाँस्कोटाले हाले मुद्दा

काठमाडौँ, १६ फाल्गुण । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले कमिसन माग गरेको अडियो..

प्रचण्ड भन्छन्, ‘राष्ट्रिय सभामा वामदेव, अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता’

चितवन, १६ फाल्गुण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले..

पूर्वराज्यमन्त्री साहलाई ४ वर्ष कैद सजाय

धनुषा, १६ फाल्गुण । पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साह..

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट..