कांग्रेस कुट्नेमाथि कारवाही हुन्छः गृहमन्त्री थापा

काठमाडौँ, २७ भदौ । गृहमन्त्री रामबहादुर थापाले नेपाली कांग्रेसका नेतामाथि कुटपिट गर्ने दोषीलाई कारवाही गरिने प्रतिवद्धता जनाएका छन् । बाँकेको खजुरामा गाउँपालिका वडा २ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको हलमा वीपी जयन्ती मनाउने क्रममा विहीबार नेकपाका कार्यकर्ताले कांग्रेसका नेता कार्यकर्तामाथि हातपात गरेका थिए ।

कुटपिटबाट बाँके कांग्रेस सभापति किरण कोइरालाको हात भाँचिएको थियो । विद्याप्रसाद खनाल लगायत केही कार्यकर्ता घाइते भएका छन् ।

सिंहदरबारमा शुक्रबार आयोजित राज्य व्यवस्था सुशासन समितिको बैठकमा कांग्रेस सांसद डीला संग्रौलाले बाँके घटनाबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् । गृहमन्त्री थापाले दोषीलाई कारवाही गरिने आश्वासन दिए ।

२७ भाद्र २०७६, शुक्रबार १६:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

पाँच जिल्लाका सिडिओ फेरिए (सूचीसहित)

काठमाडौँ, २ कार्तिक । सरकारले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरको छ । शुक्रबार गृहमन्त्रालयले ५ जिल्लाका सिडिओको सरुवा..

उप निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ, १ कार्तिक । निर्वाचन आयोगले आगामी मंसिर १४ गते उप निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।..

सर्वोच्चले रोकिदियो स्थानीय जनप्रतिनिधिको तलब भत्ता

काठमाडौँ, १ कार्तिक । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले पाउँदै आएको तलब भत्ता रोकिदिएको छ । स्थानीय..

सरकारका निर्णयः हाइड्रोपावरलाई बन क्षेत्र दिनेदेखी रेडियो नेपाललाई पैसा उपलब्ध गराउनेसम्म

निरोज कुमार थापा, काठमाडौँ, ३० असोज । सरकारले सार्वजनिक, सरकारी, गुठी जग्गा हिनामिनाबारे अध्ययन गर्न गठित समितिको..

कांग्रेसको प्रशिक्षण कार्तिक १ र २ गते

काठमाडौँ, ३० असोज । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आउँदो कात्तिक १ र २ गते..