ओलम्पिक कमिटीमा दुई श्रेष्ठको भिडन्त पक्का

काठमाडौँ, २७ भदौ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन भोलि हुँदैछ । भदौ २० गते सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण स्थगित भएको निर्वाचन भोलि शनिबार हुन लागेको हो । अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ चुनावी मैदानमा छन् ।

नेकपाका सांसद समेत रहेका जीवनराम श्रेष्ठ दोस्रो कार्यकालका लागि मैदान उत्रिएका हुन् भने उनलाई नेतृत्वमा पराजित गर्ने उमेशलालाको योजना छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका उमेशलाल अघिल्लो कार्यकालमा पनि जीवनरामसँग १७ भोटले पराजित भएका थिए ।

१९ सदस्यीय कार्यसमिति चयन गर्ने साधारणसभा भोली बिहान ८ बजेबाट सातदोबाटोस्थित ओलम्पिक कमिटीमा सुरु हुनेछ ।

२७ भाद्र २०७६, शुक्रबार १४:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मन्थलीमा पर्यटकलाई ठग्ने २ व्यापारी पक्राउ

निरोज कुमार थापा, मन्थली, ६ कार्तिक । रामेछापको मन्थली विमानस्थल नजिकै सञ्चालित होटल तथा चिया दोकानले मनपरी शुल्क लिन थालेपछि २..

‘विप्लब’ समूहका सर्लाही इन्चार्जलाई प्रहरीले हत्या गरेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौँ, ५ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका सर्लाही इन्चार्ज कुमार..

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ ।..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..