‘२ वर्षमा ‘बेटर टान’ बनाउने लक्ष्य छ’ अध्यक्ष सुवेदीको अन्तरवार्ता

निरोज कुमार थापा, काठमाडौँ, २७ भदौ । पर्यटन उद्योगका अस्तित्वमा रहेका संस्थाहरुमध्ये पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) सबैभन्दा चर्चामा आउने संस्था हो । कहिले दर्ता नविकरण नभएको विषय, कहिले पदयात्री सूचना प्रणाली (टिम्स) को प्रभावकारिताको विषय र कहिले संस्थामा नदग हिनामिना भएको विषयले टान बेला बेलामा चर्चामा आउँछ ।

पछिल्लो समय टान चर्चामा आउनुको कारण ‘निर्वाचन’ हो । सत्तारुढ नेकपा निकट व्यवसायीको प्यानललाई पराजित गर्दै प्रजातान्त्रिक समूहका खुम सुवेदी अध्यक्षमा निर्वाचित भएपछि टान अहिले चर्चामा छ ।

निर्वाचनका बखत सुवेदीले अघि सारेका नारा र अब ति चुनावी योजना साकार पार्न उनले के के गर्दैछन् भन्ने विषयमा गरिएको कुराकानीको सम्पादित अंशः

टानको अध्यक्षमा निर्वाचित हुनुभएको बधाई छ !

धन्यवाद !

तत्काल टानको प्राथमिकतामा के के विषय छन् ?

मुख्य कुरा सन् २००७ देखि २०१९ सम्म टानको विभिन्न पदमा बसेर काम गरेको छु । विशेष कुरा के हो भने बुँदागत रुपमै तत्काल गर्नुपर्ने केही योजना तयार पारेको छु ।

पहिलो भनेको नेपालमा पदयात्राका लागि आउने विदेशीले अनिवार्य रुपमा नेपाली गाईड लिएर जानुपर्ने व्यवस्था गर्न सरकारसँग आग्रह गर्ने ।

दोस्रो कुरा भनेको व्यवसायीले धेरै ठाउँमा धेरै शीर्षकमा तिर्नुपर्ने कर, भ्याट आदिको झन्झट छ यसलाई ‘मिनिमाइज’ गर्ने ।

तेस्रो कुरा नेपाल हिमालै हिमालको देश भएको हुनाले ‘एडभेञ्चर ट्राभल मार्ट’ गर्ने मेरो योजना हो । साहसिक पर्यटकीय गतिविधिका लागि नेपाल उपर्युक्त गन्तव्य हो भनेर विश्वमाझ देखाउन मैले पहिलेदेखि सोच्दै आएको कन्सेप्ट भएकाले यसलाई प्राथमिकताका साथ लैजाने सोच छ ।

चौथो योजना भनेको नेपालमा चलिरहेका केही पदयात्रा गन्तव्यहरु प्रचारको अभावमा गतिविधि शुन्य अवस्थामा छन् । तीनको प्रचार गरेर ती क्षेत्रहरुमा पर्यटकीय गतिविधि बढाएर स्थानीयलाई लाभान्वित बनाउन अब टानले छिट्टै स्थान पहिचान गरेर काम सुरु गर्छ ।

नम्बर फाइम भनेको चाँही पदयात्रा व्यवसायलाई आधुनिक बनाउने हो । ग्राहकको माग, राज्यलाई तिर्ने कर, सेवा वापत ग्राहकसँग लिने शुल्क आदिलाई अनलाईनमार्फत भूक्तानीको प्रवन्ध मिलाउने गरि सरकारसँग छलफल गर्ने । यसो हुँदा सबै कुरा पारदर्शी हुन्छ । यसको लागि सबै व्यवसायीलाई सक्षमता अभिवृद्धि गर्न टानले योजना बनाउँछ ।

छ नम्बरमा, हामीसँग टिम्सको समस्या यथावत छ । त्यसलाई ‘एस अर नो’ गर्नुपर्नेछ ।

सातौँ योजना भनेको हामी पर्यटन व्यवसायीको निकै उत्साहित हुने बेला आएको छ । नेपाल भ्रमण वर्ष २०२० नजिकिएको छ । सरकारले २० लाख पर्यटक भित्र्याउने योजना बनाएको छ, यसमा हामी व्यवसायीहरु साथसाथै रहन्छौँ, सरकारलाई प्रत्यक्ष सहयोग गरेर हामी भ्रमण वर्ष सफल बनाउन लाग्छौ ।

भ्रमण वर्षकै लागि आएका पर्यटक हुन भनेर छुट्याउने विधि त छैन, सरकारलाई केही सुझाव दिनु भएको छ ?

यो हामीले पहिलेदेखि नै भनिरहेको विषय हो । समस्या नै यही नेर छ, ‘काउन्टि’को व्यवस्था प्रभावकारी नहुँदा कति पर्यटक आए भन्ने यकिन तथ्यांक समेत गोलमटोल छ । सरकारले यसवर्षदेखि ‘स्याटेलाइट एकाउन्ट’को कुरा गरेको छ । सायद अब केही होला ।

२०२० को इभेन्टका लागि केही नयाँ छैन, पूरानै गतिविधि र विगतकै संरचना हेर्न को आउँछ भन्ने टिप्पणी पनि छ नि ?

यो स्वभाविक पनि हो । तर कुरा के चाँही हो भने, नेपाल घुम्न योग्य छ, उपर्युक्त छ भनेर सन्देश फैलाउन खोजिएको हो । जात्रा त हरेक वर्ष लाग्छ नि, सबै वर्ष सबै मान्छे हेर्न पुग्दैनन् । कम्तीमा एक पटक चाँही हेरौन भन्या जस्तै हो ।

संसारभरका मान्छेलाई एक पटक नेपाल आउनुपर्छ है भन्नका लागि २०२० को कन्सेप्ट हो । नयाँ पुरानोमा अल्झिनु राम्रो होईन । हामीकहाँ धेरै ‘अफर’ नभएपनि होटलहरुले स्वतःस्फुर्त रुपमा छुटको घोषणा गरेका छन्, ट्रेकिङ कम्पनीले पनि कतै न कतै छुट दिने योजना बनाएका छन् ।

सन् २०२० मा नेपाल आउने पर्यटकका लागि स्पेशल के भन्दा पनि स्वागत र सत्कारबाट नेपालमा पर्यटक तान्न सकिन्छ भनेर प्रचार गर्दा अत्युक्ति नहोला ।

मैले खोज्न भनेको के हो भने, कसैले पैसाको ‘भ्यालु’को लागि छुट अफर खोज्ला, दिनेले देला । तर समग्र भ्यालु चाँही नेपालको क्रियट गर्न खोजिएको हो ।

टिम्सको विवाद सल्टिएको छैन, यही कारण टान नै नविकरण भएन भन्ने कुरा छ । पछिल्लो समय केही छलफल भएको छ कि छैन ?

म निर्वाचति भएको केही दिन मात्रै भएको छ । यसअघि जति छलफल भएको हो, त्यति मात्रै हो । मन्त्री ज्यू पनि भर्खरै नियुक्त हुनु भएको छ ।

टिम्सको कारण आम्दानी धेरै देखिएकाले नविकरण भएन । जिल्ला प्रशासनमा काम सुरु भईसकेको छ, टिम्सको विवाद र टान दर्ताको कुरो बढीमा ६ महिनामा सल्टिन्छ ।

दोहोरो कर तिर्नुपर्ने बाध्यता छ भनेर व्यवसायीहरु नै भनिरहेका छन् । उनीहरुको गुनासो अब कसरी सम्बोधन गर्नुहुन्छ ?

स्थानीय तहहरुले आफ्नो केही कार्यविधि बनाएर शुल्क उठाएका छन् । टिम्समा पैसा तिर्दा त घाटा छैन । बीमा जस्तै हो, केही भईहाल्यो भने राहतका कुरा छन्, गाइडको सुविधाका कुरा छन् । तर स्थानीय तहले टिम्स मान्दैनौ भनेर आफ्नै तरिकारले पैसा उठाउनु गलत हो । हामी यो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराईरहेका छौँ ।

विगतको नेतृत्वले पनि गम्भिरतापूर्वक उठाएको हो, अब हामी छलफल गरेर विवाद टुंग्याउने तिर लाग्छौँ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?

मेरो २ वर्षको कार्यकालमा कम्तीमा ‘बेटर टान’ ‘बेटर अध्यक्ष’ भन्ने बनाउछु । अग्रजहरुसँग बसेर काम गर्दाको अनुभव र आफूले बनाएका योजनाहरु कार्यान्वयन गरेर अहिलेको अवस्थाबाट टानलाई मुक्त गराउनु मेरो दायित्व हो । म यही दायित्व पूरा गर्न लाग्नेछु ।

२७ भाद्र २०७६, शुक्रबार ११:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ । इलेक्ट्रिक पसलहरुमा..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..

काठमाडौँलाई साना विमान मुक्त बनाईदै

काठमाडौँ, ३ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’को..

‘एनआरएन’को नागरिकता खोजीलाई नेता नेपालले भने,‘चिची पनि पापा पनि हुँदैन’

काठमाडौँ, २ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधब कुमार नेपालले गैरआवासीय..