युरो कप छनौटः इंग्ल्यान्डद्वारा बुल्गेरियामाथि गोलका वर्षा

एजेन्सी, २२ भदौ । युरो कप छनौटमा इंग्ल्यान्डले बुल्गेरियामाथि गोलका वर्षा गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा इंग्ल्यान्डले बुल्गेरियालाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गर्दा रहिम स्ट्रर्लिङले एक गोल गरे ।

खेलको २४ औं मिनेटमा केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गर्दा बुल्गेरिया गोलरहित बन्यो ।

४९ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै कप्तान केनले इंग्ल्यान्डलाई २–० गोलको अग्रता दिलाए । ५५ औं मिनेटमा भने रहिमले गोल गर्दै अग्रता ३–० मा पुर्‍याए । ७३औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै केनले ह्याट्रिक पुरा गरे ।

२२ भाद्र २०७६, आईतवार ०९:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मन्थलीमा पर्यटकलाई ठग्ने २ व्यापारी पक्राउ

निरोज कुमार थापा, मन्थली, ६ कार्तिक । रामेछापको मन्थली विमानस्थल नजिकै सञ्चालित होटल तथा चिया दोकानले मनपरी शुल्क लिन थालेपछि २..

‘विप्लब’ समूहका सर्लाही इन्चार्जलाई प्रहरीले हत्या गरेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौँ, ५ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका सर्लाही इन्चार्ज कुमार..

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ ।..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..