कुखुराले ठुंगेर वृद्धाको मृत्यु

एजेन्सी, २१ भदौ । कुखुराको भालेले ठुंगेर अस्ट्रेलियामा ७६ वर्षीया वृद्धाको मृत्यु भएको छ । सीएनएनको अनलाईन संस्करणमा प्रकाशित समाचार अनुसार कुखुराले ठुंगेर वृद्धाको मृत्यु भएको घटनापछि प्याथोलोजिष्टहरु पनि आश्चर्यमा परेका थिए ।

त्यसैले सत्यतथ्य बुझ्न प्याथोलोजिष्टहरुको एउटा समूहले अनुसन्धान नै सुरु गरे । अनुसन्धानबाट प्राप्त निश्कर्ष अगष्टको अन्त्यतिर प्रकाशित ‘जर्नल फोरेन्सिक साइन्समा छापिएको छ ।

युनिभर्सिटी अफ एडेलेड र नेदरल्याण्डको फोरेन्सिक इन्स्टिच्यूटका प्याथोलोजिष्ट संलग्न अनुसन्धानमा महिलाको मृत्युबारे भनिएको छ, ‘अस्ट्रेलियामा एक घरमा पालिएको कुखुराको भालेले वृद्धाको देब्रे खुट्टामा आक्रमण गरेको थियो । भालेले ठुंगेपछि वृद्धामा अनियन्त्रित रक्तश्राव भएपछि उनको निधन भयो ।’

‘कुखुराको भालेले वृद्धाको खुट्टामा पहिलेदेखि सुन्निएको नसा ९भ्यारिकोस भेन०मा ठुङ्ग्न पुगेको थियो । रक्तनली फुटेर अत्यधिक रक्तश्राव हुँदा उनको मृत्यु भएको देखिन्छ,’ अनुसन्धान पेपरमा लेखिएको छ ।

यो अनौठो दुर्घटनामा वृद्धाको मृत्युको लागि भालेभन्दा पनि वृद्धामा पहिलेदेखि विधमान रोगहरु बढी जिम्मेबार देखिन्छ ।

प्याथोलोजिष्टले अनुसन्धानको क्रममा वृद्धामा उच्च रक्तचाप, रगतमा अत्यधिक मात्रामा बोसो, मधुमेह र रक्तनली सुन्निनेजस्ता समस्या रहेको पाएका थिए ।

‘यो घटनाले के देखाउँछ भने यदी तपाईंमा निश्चित प्रकारको रक्तनलीको समस्या छ भने समान्य घरेलु जीवले पनि प्राणघातक चोट पु¥याउन सक्छन्,’ पेपरमा निश्कर्ष दिइएको छ ।

२१ भाद्र २०७६, शनिबार १६:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनालीको दुर्घटनबारे छानबिन गर्न कार्यदल

काठमाडौँ, १६ फाल्गुण । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल बनाएको छ । शुक्रबार..

अडियो बाहिर ल्याउने मिश्रविरुद्द बाँस्कोटाले हाले मुद्दा

काठमाडौँ, १६ फाल्गुण । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले कमिसन माग गरेको अडियो..

प्रचण्ड भन्छन्, ‘राष्ट्रिय सभामा वामदेव, अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता’

चितवन, १६ फाल्गुण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले..

पूर्वराज्यमन्त्री साहलाई ४ वर्ष कैद सजाय

धनुषा, १६ फाल्गुण । पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साह..

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट..