प्रदेश नं. ३ मा डेङ्गु तथा भाइरल ज्वरोका बिरामीको चाप बढ्दो

काठमाडौँ, १९ भदौ । प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौँडा अस्पतालको आज स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।

सो अवसरमा उहाँले अस्पतालले प्रदान गरेको स्वास्थ्य सेवाको अवस्था र भोग्नुपरेको समस्याका वारेमा बिरामीसँग जानकारी लिनुभएको थियो ।

मन्त्री दुलालले हेटौँडा अस्पताल अहिले प्रविधियुक्त भएको र प्रविधिका कारणले बिरामीको ल्याब रिपोर्ट आफ्नै मोबाइलमा आउनेदेखि सरल र छरितो स्वास्थ्य उपचारसेवा प्रदान गरेको पाएको बताउनुभयो ।

“कम्प्युटर प्रणालीबाट टिकट काट्ने, बिरामीको ल्याबको रिपोर्ट बिरामीकै इमलेमा आउने जस्ता सहजताले अस्पतालमा सुधार हुँदै गएको देखिन्छ”, उहाँले भन्नुभयो, “अहिले हरेक श्ययामा अक्सिजनको पाइप पुगेकाले उपचारमा थप सहजता भएको छ ।”

मन्त्री दुलालले अस्पतालले सरसफाइमा अझै ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अस्पतालको आकस्मिक कक्ष, ओपिडी सेवा, शल्यक्रिया कक्ष आदिको निरीक्षण गर्नुभएको अस्पतालका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।

डेङ्गु तथा भाइरल ज्वरोका बिरामीको चाप अस्पतालमा अत्यधिक बढेपछि सेवा प्रवाहमा समस्या भइरहेको गुनासो बिरामी तथा कुरुवाबाट आएपछि मन्त्री दुलालले अस्पतालको निरीक्षण गर्नुभएको हो ।

हेटौँडा अस्पतालमा हाल आकस्मिक कक्षमा प्रतिश्यया दुई जनाका दरले बिरामीलाई राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

२० भाद्र २०७६, शुक्रबार ०५:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको सत्तारुढ दल नेपाल..

सिन्धुपाल्चोकमा बाढीः २ जनाको मृत्यु, १८ जना बेपत्ता

रासस, सिन्धुपाल्चोक, २५ असार । अविरल वर्षासँगै गएको पहिरोले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि(दोश्रो श्रृङ्खला)

पितृसत्तात्मक पुरुष प्रधान समाजमा पुरुष हिंसा पनि हुन सक्छ भन्ने कुरा सोच्नु नै अनौठो लाग्न सक्छ। नेपाल जस्तो..

मन्त्री भट्टराईको प्रश्न, ‘विग्रह ल्याउन खोज्ने भारत ठीक कि मिलाउन खोज्ने चीन ?’

काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानमा चिनियाँ राजदूत..

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका..