डोरियन आँधीबाट बहमासमा बीसको मृत्यु

बहमास, १९ भदौ (एपी)। संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ । समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ ।

बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त”को संज्ञा दिनु भएको थियो । द्वीपबाट उद्धार गरिएका हजारौं व्यक्ति अमेरिकी पूर्वीतटीय इलाकामा आइपुगेका छन् ।

बहमासमा आएका यस आँधीबाट बुधबारसम्म २० जनाको ज्यान गएको आधिकारीक पुष्टि भएको छ । फ्लोरिडामा १२१ वटा अस्थायी शिविरमा नौ हजार ५०० भन्दा बढी मानिसले शरण लिएका छन् । यस आँधीबाट लाखौ मानिस प्रभावित भएका छन् ।

२० भाद्र २०७६, शुक्रबार ०४:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट फर्किएका ३१ वर्षीय..

सभामुखको उम्मेद्वारमा असन्तुष्टि जनाउँदै राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

काठमाडौँ, १० माघ । अग्नि सापकोटालाई नेकपाले सभामुखको उम्मेद्वार बनाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीका..

पर्यटन बोर्डको सिइओ र एनएसीको अध्यक्ष तत्काल नियुक्त गर्न मन्त्री भट्टराईको ध्यानाकर्षण

निरोज कुमार थापा, काठमाडौँ, १० माघ । निजी क्षेत्रका व्यवसायीक संघ संगठनहरुले संस्कृति, पर्यटन तथा नागरिक..

प्रदेश सांसद दिपक मनाङे पक्राउ

पोखरा, ९ माघ । गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । कास्की प्रहरीले मनाङेलाई..

उखु किसानको बक्यौता नतिर्ने चिनी मिलको बैंक खाता रोक्का

काठमाडौँ, ९ माघ । उखु किसानको बक्यौता नतिर्ने चिनी मिलहरुको बैंक खाता रोक्का भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति..