अमेरिकामा फेरि गोलीकाण्डः पाँच जनाको मृत्यु, २१ घाइते

ह्युस्टन, १५ भदौ । अमेरिकामा शनिबार फेरि अर्को गोलीकाण्ड भएको छ । घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने अरु २१ जना घाइते भएका छन् ।

देशको टेक्सास राज्यअन्तर्गत पर्ने ओडिसा नगरमा शनिबार दिउँसो एक बन्दुकधारीले हुलाक सेवाको ट्रक अपहरण गरी जथाभावी गोली चलाउँदै हिँडेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न श्वेतवर्णका झण्डै ३५ वर्षे बन्दुकधारीमाथि प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो । तर बन्दुकधारीको नाम भने प्रहरीले खुलाएको छैन ।

“टेक्सासको सार्वजनिक सुरक्षा विभागनजिकै सुरक्षाकर्मीहरुले एउटा होण्डा कार रोक्न खोज्दा प्रहरीमाथि गोली चलाएर भागेको थियो । त्यसपछि ती व्यक्तिले हुलाक सेवाको ट्रक अपहरण गरेर बाटोमा मानिसलाई गोली चलाउँदै हिँडेको थियो,” ओडिसाका प्रहरी प्रमुख मिचेल गर्कले पत्रकार सम्मेलनमा भन्नुभयो ।

आक्रमणकारीले जथाभावी गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले पनि बताएका छन् । “घटनापछि धेरै पीडित भएका छन्,” गर्कले भन्नुभयो । घटनामा परी घाइते भएका मध्ये तीन जना सुरक्षाकर्मी रहेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै घटनामा बारेमा आफूलाई महान्यायाधिवक्ताले जानकारी गराउनु भएको उल्लेख गर्नुभएको छ । उहाँले सुरक्षाकर्मी र अनुसन्धानकर्ताहरुलाई पूर्ण रुपमा परिचालन गरिएको पनि बताउनुभयो ।

टेक्सासका गभर्नर जर्ज अब्बेटले एक वक्तव्य जारी गर्दै क्रुर र विवेकहीन घटनाबाट आफू र आफ्नी श्रीमती अत्यन्त दुःखित भएको उल्लेख गर्नुभएको छ ।
गत अगस्ट ३ मा टेक्सासको एल पासोमा भएको यस्तै गोलीकाण्डमा २२ जनाको मृत्यु भएको थियो ।

१६ भाद्र २०७६, सोमबार ००:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ । इलेक्ट्रिक पसलहरुमा..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..

काठमाडौँलाई साना विमान मुक्त बनाईदै

काठमाडौँ, ३ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’को..

‘एनआरएन’को नागरिकता खोजीलाई नेता नेपालले भने,‘चिची पनि पापा पनि हुँदैन’

काठमाडौँ, २ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधब कुमार नेपालले गैरआवासीय..