‘टीका’ नाटक मञ्चनको तयारीमा

काठमाडौँ, १५ भदौ । ऐक्य हेभन अफ आर्टको प्रस्तुति रहेको नाटक ‘टीका’ भदौ २० देखि मञ्चन हुँदैछ । नेपाली युवाहरु विदेश पलायन हुँदा त्यहाँ भोग्नु परेको पिडालाई नाटकमा देखाइने छ ।

महान पर्व मानिने बडादशैँमा छोरोको पर्खाइमा बसेको बुढि आमा अनि श्रीमती र बालख छोरोको पिडा नाटकले बोल्नेछ । नेपाली युवाहरु बिदेश जानुपर्ने बाध्यता र त्यहाँ नेपाली भएवापत् खेप्नुपर्ने पीडा नाटकमा दुरुस्त देख्न पाईनेछ ।

भिमनिधी तिवारीले लेखेको नाटकलाई संगित सापकोटाले निर्देशन गरेका छन् । दिलिप खड्काले प्रोडक्सन डिजाईन गरेको नाटक राजधानीको थापागाउँस्थित कुन्ज नाटक घरमा भदौ २० गतेदेखि ३१ गतेसम्म नियमित मञ्चन हुने छ ।

नाटकमा श्रवण रानामगर, दिपेश काफ्ले, विनीता गुरुङ्ग, सारदा अधिकारि, राजकमल फकिर, सविन भट्टराई, न्युहँज महर्जन, मणिराज पौडेल, आनन्द महतले अभिनय गरेका छन् । अहिले नाटकको तयारी कुन्ज नाटकघरमा धमाधम भइरहेको छ ।

१५ भाद्र २०७६, आईतवार १५:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट फर्किएका ३१ वर्षीय..

सभामुखको उम्मेद्वारमा असन्तुष्टि जनाउँदै राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

काठमाडौँ, १० माघ । अग्नि सापकोटालाई नेकपाले सभामुखको उम्मेद्वार बनाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीका..

पर्यटन बोर्डको सिइओ र एनएसीको अध्यक्ष तत्काल नियुक्त गर्न मन्त्री भट्टराईको ध्यानाकर्षण

निरोज कुमार थापा, काठमाडौँ, १० माघ । निजी क्षेत्रका व्यवसायीक संघ संगठनहरुले संस्कृति, पर्यटन तथा नागरिक..

प्रदेश सांसद दिपक मनाङे पक्राउ

पोखरा, ९ माघ । गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । कास्की प्रहरीले मनाङेलाई..

उखु किसानको बक्यौता नतिर्ने चिनी मिलको बैंक खाता रोक्का

काठमाडौँ, ९ माघ । उखु किसानको बक्यौता नतिर्ने चिनी मिलहरुको बैंक खाता रोक्का भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति..