युवावर्ष ‘मोती’ पुरस्कार फूलमान वल र शङ्कर चापागाईँलाई प्रदान

काठमाडौँ, १३ भदौ । युवावर्ष ‘मोती’ पुरस्कार साहित्यकार फूलमान वल र शङ्कर चापागाईँ (धनकुटे कान्छा) लाई प्रदान गरिएको छ ।

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्तीका अवसरमा नेपाल शिक्षा परिषद्मा आज आयोजित कार्यक्रममा विसं २०७६ को युवावर्ष मोती पुरस्कार वल र चापागाईंलाई प्रदान गरिएको हो ।

विस २०४२ मा कोषद्वारा स्थापना गरिएको पुरस्कार राशि रु ५० हजार नगद र स्वर्णपदक रहेको छ ।
राष्ट्रिय युवा सेवा कोषद्वारा स्थापना गरिएको उक्त पुरस्कार इतिहासविद्, संस्कृतिविद् एवं शताब्दीपुरुष सत्यमोहन जोशीले वल र चापागाईंलाई प्रदान गर्नुभयो ।

कार्यक्रममा शताब्दीपुरुष जोशीले नेपाली भाषा, साहित्यको विकास र विस्तारमा युवा साहित्यकारहरु लाग्नुपर्ने बताउनुभयो । “युवा साहित्यकारहरुले नै नेपालको भाषा र साहित्यलाई जोगाउन सक्छन्”, उहाँले भन्नुुभयो ।

राष्ट्रिय युवा सेवा कोषले युवा साहित्यकारलाई अगाडि बढाउन गरेको काम सराहनीय रहेको उहाँको भनाइ थियो ।
कोषका अध्यक्ष भीमबहादुर अधिकारीले नेपाली भाषा साहित्यको उत्थान, श्रीवृद्धिमा युवाकवि मोतीराम भट्टको महत्वपूर्ण योगदान रहेकाले उहाँको नाममा पुरस्कार स्थापना गरिएको बताउनुभयो ।

कोषका महासचिव लक्ष्मण थापाले कोषले मोतीराम भट्टको विषयमा अध्ययन र अनुसन्धान गर्दै आइरहेको जानकारी दिनुभयो । कोषले हालसम्म युवावर्ष मोती पुरस्कारबाट ६० भन्दा बढी युवा साहित्यकारलाई सम्मान गरिसकेको छ ।

सोही अवसरमा यसैवर्ष दिवङ्गत हुनुभएका १९ साहित्यकारलाई सम्झना गर्नुका साथै समस्यापूर्ति कवि सम्मेलनको समेत आयोजना गरिएको थियो ।

यसवर्ष दिवङ्गत हुने साहित्यकारहरुमा हेमराज ज्ञवाली, सुशीला शाह (राणा), मोहनराज शर्मा, मदनमणि दीक्षित, शिव रेग्मी, विष्णुप्रसाद पौडेल, बसन्तकुमार शर्मा, प्रा डा टीकाराम अधिकारी, रीता शाह, लक्ष्मीदेवी सुन्दास, दुर्गा दाहाल, अच्युत मल्ल, हरिबहादुर ढुङ्गानालगायत हुनुहुन्छ ।

१४ भाद्र २०७६, शनिबार ०२:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट फर्किएका ३१ वर्षीय..

सभामुखको उम्मेद्वारमा असन्तुष्टि जनाउँदै राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

काठमाडौँ, १० माघ । अग्नि सापकोटालाई नेकपाले सभामुखको उम्मेद्वार बनाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीका..

पर्यटन बोर्डको सिइओ र एनएसीको अध्यक्ष तत्काल नियुक्त गर्न मन्त्री भट्टराईको ध्यानाकर्षण

निरोज कुमार थापा, काठमाडौँ, १० माघ । निजी क्षेत्रका व्यवसायीक संघ संगठनहरुले संस्कृति, पर्यटन तथा नागरिक..

प्रदेश सांसद दिपक मनाङे पक्राउ

पोखरा, ९ माघ । गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । कास्की प्रहरीले मनाङेलाई..

उखु किसानको बक्यौता नतिर्ने चिनी मिलको बैंक खाता रोक्का

काठमाडौँ, ९ माघ । उखु किसानको बक्यौता नतिर्ने चिनी मिलहरुको बैंक खाता रोक्का भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति..