एनआरएन पोर्चुगलमा लोकतान्त्रिक समावेशी समूहका तिलकप्रसाद गैरे अध्यक्ष पदमा निर्वाचित

पोर्चुगल, १० भदौ । गैर आवासीय नेपाली सङ्घ पोर्चुगलमा नयाँ नेतृत्व चयन भएको छ । सोमबार सम्पन्न सङ्घको सातौँ राष्ट्रिय अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि तिलकप्रसाद गैरेको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

आइतबार सम्पन्न भएको निर्वाचनबाट नेकपा निकट प्रगतिशील समावेशी समूहका ईश्वर रिजाललाई पराजित गर्दै काङ्ग्रेस निकट लोकतान्त्रिक समावेशी समूहका गैरे अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । सर्वसम्मत नेतृत्वका लागि सहमति जुट्न नसकेपछि काङ्ग्रेस सर्मथक र नेकपा, सङ्घीय समाजवादी र आदिवासी जनजाति महासङ्घसहितको संयुक्त गठबन्धनका बीच चुनावी प्रतिस्पर्धा भएको थियो ।

मतपरिणामअनुसार दुई आईसीसी सदस्यमा काङ्ग्रेस निकट लोकतान्त्रिक समावेशी समूहका नारायणकाजी मगर र रविन अधिकारी निर्वाचित हुनुभएको छ । प्रगतिशील समावेशी समूहका धनराज शेर्पा र गोविन्द सापकोटालाई पराजित गर्दै मगर र अधिकारी आईसीसी सदस्यमा निर्वाचित हुनुभएको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिकका भीमसेन थापा निर्वाचित हुनुभयो । प्रगतिशीलका आनन्द गुरुङलाई पराजित गर्दै थापा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै लोकतान्त्रिक समावेशी समूहका अशोक गुरुङ र मच्छिन्द्र अर्याल प्रगतिशीलका पेम्छिरी शेर्पा र स्वतन्त्र उम्मेदवार पत्रकार गणेश पाण्डेयलाई पराजित गर्दै दुई उपाध्यक्ष पदमा निर्वाचित हुनुभयो ।

सङ्घको महासचिवमा प्रगतिशील समावेशी समूहका हेमराज सुवेदीले लोकतान्त्रिक समावेशीका प्रकाश कडरियालाई पराजित गर्नुभयो । कोषाध्यक्षमा लोकतान्त्रिकका विक्रमजङ्ग कुँवर प्रगतिशीलका हरि थापालाई पराजित गरी निर्वाचित हुनुभयो । प्रगतिशीलका मिलन रेग्मीलाई पराजित गर्दै सङ्घको युवा संयोजकमा लोकतान्त्रिकका दिनेश भण्डारी निर्वाचित हुनुभयो ।

सर्वसम्मत नेतृत्वका लागि सहमति जुट्न नसकेपछि नौ पदका लागि चुनावी प्रतिस्पर्धा भएको निर्वाचन समितिका संयोजक अशोक घिमिरेले राससलाई जानकारी दिनुभयो । आइतबार सम्पन्न भएको निर्वाचनको मतपरिणाम सोमबार राति घोषणा गरेर विजयी उम्मेदवारहरुलाई प्रमाणपत्र प्रदान गरिएको संयोजक घिमिरेले बताउनुभयो । कूल दुई हजार १२८ सदस्य रहेको सङ्घमा एक हजार ४७२ मत खसेको थियो ।

घिमिरेका अनुसार एक महिला उपाध्यक्ष, दुई सचिव, एक महिला संयोजक, एक सह–कोषाध्यक्ष र १५ सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । महिला उपाध्यक्षमा सीता श्रेष्ठ, दुई सचिवमा यामेन्द्रकुमार घर्ती र प्रकाश ढकाल चयन हुनुभएको छ । सह–कोषाध्यक्षमा तिलक कँडेल र महिला संयोजकमा सुशीला थापा चयन हुनुभएको छ ।

यस्तै निर्विरोध निर्वाचित सदस्यहरुमा सुमन शर्मा चम्लागाईं, राजनप्रसाद ढुङ्गाना, दीपक खत्री, लक्ष्मी परियार, कल्पना कार्की, सम्झना अधिकारी पाण्डे, नवीन सापकोटा, आनन्दकुमार तामाङ, रमेश पौडेल, सुरेन्द्र गौतम, दीपेन्द्र सुवेदी, सविन धिताल, दिलबहादुर परियार, सन्तोष नेपाली र गणेशदत्त शर्मा रहेका छन् ।

११ भाद्र २०७६, बुधबार ०३:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मन्थलीमा पर्यटकलाई ठग्ने २ व्यापारी पक्राउ

निरोज कुमार थापा, मन्थली, ६ कार्तिक । रामेछापको मन्थली विमानस्थल नजिकै सञ्चालित होटल तथा चिया दोकानले मनपरी शुल्क लिन थालेपछि २..

‘विप्लब’ समूहका सर्लाही इन्चार्जलाई प्रहरीले हत्या गरेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौँ, ५ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका सर्लाही इन्चार्ज कुमार..

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ ।..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..