लिबियामा डुङ्गा दुर्घटना, कम्तीमा ४० को मृत्यु भएको आशङ्का : राष्ट्रसङ्घ

जेनेभा, १० भदौ । लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ४० यात्रुको मृत्यु भएको आशङ्का गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर)ले मङ्गलबार दिएको जानकारी अनुसार कम्तीमा ६० आप्रबासी शरणार्थीलाई सकुशल उद्धार गरिएको थियो भने ४० जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।

दुर्घटनामा बाँच्न सफल एक यात्रुलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार उनीहरूमध्ये अधिकांश व्यक्ति अरब क्षेत्रबाट यूरोपतर्फ जाने क्रममा लिबिया हुँदै यात्रामा रहेका थिए ।

यूएनएचसीआरका प्रवक्ता चार्ली याक्सलेले घटनाबारे ट्वीटरमार्फत जानकारी गराउनुभएको हो । यस बिषयमा विस्तृत विवरण आउन बाँकी छ ।

चार्लीले भन्नुभयो, “ठूलो क्षति भएको हुनसक्ने सूचनाहरू आएका छन् । यसबारे थप जानकारी पछि गाराइने छ ।”

११ भाद्र २०७६, बुधबार ०३:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..