इस्तानबुलमा समातिएका सोह्र हजार आप्रबासीलाई सुपुर्दगी गरिने

इस्तानबुल, १० भदौ । टर्कीले जुलाई १२ पछि गैरकानूनीरूपमा स्तानबुल हुँदै यूरोप तथा अमेरिका जान लागेका १६ हजार ४२३ आप्रबासीलाई सम्बन्धित देशमा नै फिर्ता गर्ने भएको टर्कीका अधिकारीहरूले बताएका छन् ।

इस्तानबुल गभर्नर कार्यालयले दिएको जानकारी अनुसार सुरक्षाकर्मीले पक्राउ गरेका आप्रबासीमध्ये चार हजार ५०० सिरियाली नागरिक रहेका बताइएको छ ।

उनीहरूसँग कुनै किसिमको औपचारिक कागजात नरहेकोले सबैलाई विभिन्न प्रान्तका अस्थायी शरणार्थी शिविरमा पठाइएको छ ।

सरकारले समातिएका आप्रवासीलाई स्वदेश फर्किनका लागि आगामी अक्टोबर ३० सम्मको समय दिएको बताइएको एक सिरियाली गैरसरकारी संस्थाले जनाएको छ ।

टर्कीले यस पहिले (अगस्ट २०) सम्ममा सिरियाली शरणार्थीलाई स्वदेश फिर्ता हुन आग्रह गरेका थिए ।

टर्कीका अधिकारीहरूले दिएको जानकारी अनुसार इस्तानबुलमा १० लाख छ हजार शरणार्थी रहेका तथ्याङ्क छ । जसमध्ये पाँच लाख ७० हजार शिरियाली शरणार्थी भएको बताउने गरिएको छ । टर्कीको अन्य शहरहरू अङ्कारा र बुर्सामा पनि शरणार्थीको भीड बढेको भन्दै सरकारले इस्तानबुलमा जस्तै कारबाही गर्ने तयारी गरेको टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुले बताउनुभयो ।

गरिबी र द्वन्द्वको पीडाले अरब मुलुकहरू लिबिया, सिरिया, यमन तथा केही एशियाली मुलुकका नागरिकहरूले यूरोप र अमेरिका प्रवेशका लागी खतरनाक सामुद्रिक बाटो तय गर्ने गरेका छन् ।

११ भाद्र २०७६, बुधबार ०३:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ । इलेक्ट्रिक पसलहरुमा..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..

काठमाडौँलाई साना विमान मुक्त बनाईदै

काठमाडौँ, ३ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’को..

‘एनआरएन’को नागरिकता खोजीलाई नेता नेपालले भने,‘चिची पनि पापा पनि हुँदैन’

काठमाडौँ, २ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधब कुमार नेपालले गैरआवासीय..