प्रदेश नम्बर ३ को स्थायी राजधानी टुङ्गो लगाउन माग

हेटौँडा, ९ भदौ । प्रदेश नम्बर ३ को आज अपराह्न बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्ने प्रदेशसभाका सदस्यले स्थायी राजधानीको टुङ्गो लगाउन प्रदेश सरकारले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँहरुले गत साउनमा बाढीपहिरोबाट क्षति पु¥याएको लामो दुरीको सडक, खानेपानी मुहानको तत्काल निर्माण गरी जनतालाई यथासीघ्र सुविधा उपलब्ध गराउन प्रदेश सरकारले सम्बन्धित निकायलाई निर्देशन दिन माग गर्नुभयो । जनतालाई केन्द्रविन्दुमा राखेर आर्थिक समृद्धिको लागि कृषि, मत्स्यपालन र दूध उत्पादन क्षेत्रलाई प्रोत्साहन गर्ने प्याकेज कार्यक्रम ल्याउन र विपन्न कृषकको छनोटमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको थप गृहकार्य आवश्यक रहेको सदस्यहरुले धारणा व्यक्त गर्नुभयो ।

साथै सो बैठकमा प्रदेशमा सवारी यातायात संशोधन गर्न बनेकोे विधेयक २०७५, प्रदेशमा लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार गर्न बनेको विधेयक २०७६, प्रदेशमा सार्वजनिक, निजी, सहकारी साझेदारीसम्बन्धी व्यवस्था गर्न बनेको २०७६ र प्रदेशसभा सचिवालय व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि क्रमशः सैद्धान्तिक पक्षमा दफावार छलफल गरिएको थियो ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले क्रमश विधेयकको सैद्धान्तिक पक्षमा छलफलका लागि प्रस्ताव राख्नुभएको थियो । सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक मङ्गलबार बिहान ११ः०० बजे बस्ने जानकारी गराउनुभयो ।

१० भाद्र २०७६, मंगलवार ०२:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..